Trending
युएस खबर संवाददाताकाठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी युएस खबर संवाददातारुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु युएस खबर संवाददाताट्रम्पले जेडी भेन्सलाई बनाए उपराष्ट्रपतिको उम्मेदवार युएस खबर संवाददाताकाभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ युएस खबर संवाददाताअमेरिका बस्ने बुढाथोकीको सहयोगमा क्यास एपबाट अबैध कारोबार गर्ने ५ जना पक्राउ युएस खबर संवाददाताचौंथो पटक युरोकप जितेर स्पेनले बनायो विश्व कीर्तिमान युएस खबर संवाददातानवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ युएस खबर संवाददाताकोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

फ्लाईटेकलाई वर्ल्ड एडुकेशन लिडर्स अवार्ड

यस बर्षको ‘वर्ल्ड एडुकेशन लिडर्स अवार्ड–२०२१’ नेपालमा अन्तराष्ट्रिय एयर होस्टेस तालिम गराउने उत्कृष्ट संस्था फ्लाईटेक इन्टरनेशनलले प्राप्त गरेको छ। विश्वप्रशिद्ध शैक्षिक संस्था हरुलाई गुणस्तरको आधारमा प्रदान गरिँदै आएको यो अवार्ड पहिलोपटक नेपालबाट फ्लाईटेकलाई प्रदान गरिएको हो। एयर होस्टेस तालिमको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै उल्लेख्य भूमिका निर्वाह गरे बापत आउटस्टान्डिङ ट्रेनिङ एकेडमिको उपाधि प्रदान गरिएको हो । “वर्ल्ड एडुकेशन लिडर्स समिट २०२१” का अवसरमा आयोजित उक्त कार्यक्रममा १० वक्ताका साथै ५० देशका कारीब २५० भन्दा बढी शिक्षण विज्ञहरुले भाग लिएका थिए ।

न्यू प्लाजा, पुतलीसडक तथा के. एल. टावर, चाबहिलमा अवस्थित नेपालकै प्रथम अन्तराष्ट्रिय मान्यता प्राप्त संस्था फ्लाईटेक इन्टरनेसनल डेढ दशक लामो समयदेखि एयर होस्टेस तालिमको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको संस्था हो । यसले हजारौ विधार्थीहरुलाई विश्वका ७० भन्दा बढि प्रतिष्ठित वायुसेवा कम्पनिमा रोजगारको अवसर दिलाउन सफल भैसकेको छ ।

यस अघि ‘वर्ल्ड बुक अफ रेकर्ड, लन्डन, यु.के.’ तथा ‘बिआईडी वर्ल्ड क्वालिटी कमिटमेन्ट अवार्ड, पेरिस , फ्रान्स’ बाट सम्मानित यस संस्थाले थुप्रै अन्तराष्ट्रिय तथा राष्ट्रिय स्तरका अवार्डहरु जित्न सफल भैसकेको छ । एयर होस्टेस तालिम गराउने उत्कृष्ट संस्था फ्लाईटेक इन्टरनेशनलले क्रु लर्निङ सेन्टर नाम बाट मलेशियामा आफ्नो पहिलो शाखाको शुरुवात पनि गरेको छ, अन्य देशमा पनि शाखा बिस्तार गर्ने योजनामा रहेको यस संस्थाले चाडैनै नेपालका सातै प्रदेशमा आफ्नो शाखा बिस्तार गर्दैछ ।

TOP