Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

काठमाडौंमा अनलाइन नक्सापास प्रणाली सुरु, अब बिचौलिया प्रवृत्तिको अन्त्य : मेयर शाह

काठमाडौं महानगरपालिकाले आजदेखि पूर्णरुपमा अनलाइन नक्सा पास प्रणाली सुरुवात गरेको छ । काठमाडौं महानगर प्रमुख बालेन शाहले अनलाइन प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घरनक्सा दर्ता अनलाइनबाटै पेश गर्न सकिने बताए ।

उनले भने, ‘संधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगई अनलाइनबाट नै सेवा लिन सकिनेछ ।’

अनलाइन प्रणाली सुरु भएसँग पहिले २र३ महिना लाग्ने प्रक्रियालाई बढीमा २५ दिनमा छोट्याउने उनको भनाइ छ। उनले भने, सर्भरको स्तरोन्नतिसहित सफ्टवेयरका धेरै सुविधाहरू सुधार गरिएको छ । यो प्रणालीसँगै बिचौलिया प्रवृत्ति, वारेसनामा पद्धति, आर्थिक अनियमितता लगायतको अन्त्य भई पारदर्शी र सहज प्रक्रिया सञ्चालन हुनेछ ।’

TOP