बैंकिङ कसूरमा फरार एक जना पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरारव्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा आरुघाट गाउँपालिका घर भई हाल काठमाडौं महानगरपालिका सामाखुसी बस्ने २७ वर्र्षीय कृष्ण बहादुरगुरङ रहेका छन् । उनि बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार भएका थिए । उनले सिटिजन्स बैंक लिमिटेड काठमाडौं सामाखुसीको आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी पीडितलाई झुक्याई दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उनलाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुर पठाइएको छ ।