Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

एनआरएनए टेक्सास च्याप्टरद्वारा लवकमा आयोजित ‘स्पेलिंग बी’ प्रतियोगिता सफलतापूर्वक सम्पन्न

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिका टेक्सस च्याप्टरद्वारा आयोजित “स्पेलिंग बी” प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । यस अघि अमेरिकी मूलधारका विद्यालयहरूले सन्चालन गर्ने स्पेलिंग वी नामक प्रतियोगिताको प्रभावका आधारमा नेपाली समुदायले पनि आफ्नो सामुदायिक गतिविधिमा “स्पेलिंग बी” लाई समेट्ने निर्णय स्वरुप आयोजित प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।

च्याप्टरकी सदस्य भुवन सुवेदी ढकालको संयोजकत्वमा सम्पन्न प्रतियोगितामा लवक नेपाली समुदायमा रहेका बालबालिकाहरू माझ पहिलो चरणको प्रतियोगिता सन्चालन गरिएको थियो ।

नेपाली मन्दिरमा आयोजित प्रतियोगितामा ग्रिप्सन बजगाईं, दीप श्रेष्ठ, जानभी ढुंगाना, शुभेक्षा जोशी र ग्रीष्निमा बजगाई गरि ५ जना वालवालिकाहरूले भाग लिएका थिए ।

कक्षा १ देखी ८ सम्म अध्ययनरत वालवालिकाहरूबीचको यस प्रतियोगितात्मक प्रतिस्पर्धामा प्रश्न उत्तर चरण रहेको थियो । जस अन्तगत डा. प्रकाश पराजुलीको मोडरेट रहेको यस कार्यक्रममा निर्णायक मण्डलमा रहेका विश्वविद्यालय अध्ययनरत विद्यार्थीहरू सतिश बन्जारा, नीता घर्ति र शैलेन्द्र प्रकाश श्रेष्ठले प्रतियोगीहरूलाई विभिन्न १० अंग्रेजी शव्दहरूको हिज्य अर्थात् स्पेलिंग सोधेका थिए र प्रतियोगिले जवाफ दिएका थिए ।

सोही प्रतिस्पर्धाबाट यस पटकको “स्पेलिंग बी” प्रतियोगीतामा दीप श्रेष्ठ र ग्रिस्निमा बजगाई छनौट भएका छन् । आयोजक संस्थाका कार्यसमिति सदस्य एवं यस प्रतियोगिताका संयोजक सुवेदीका अनुसार छनौट भएका २ प्रतियोगीहरूले च्याप्टरव्यापी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।

सुवेदीका अनुसार स्थानिय प्रतिस्पर्धामा छनौट भएका श्रेष्ठ र बजगाँईलाई आगामी सेप्टेम्बर महिनामा आयोजना हुने च्याप्टरस्तरिय अन्तिम प्रतिस्पर्धामा भाग लिनका लागी शिफारिस गरिनेछ । लवक लगायत अस्टिन, ह्युस्टन, सानआन्टनियो, पेरिस र वेको शहरबाट यसरी नै प्रतिस्पर्धा गराई अन्तिम प्रतिस्पर्धाका लागी छनौट गरिनेछ ।

उल्लेखित शहरहरूबाट छनौट भएकाहरूबीच अन्तिम प्रतिस्पर्धा गराईने र प्रतिस्पर्धामा छनौट गरि शिर्ष बिजयी छनौट गरिने छ । उत्कृष्ट मध्ये प्रथम पुरस्कार प्राप्त गर्नेलाई पन्ध्र सय डलर, द्धितियलाई १ हजार डलर, तृतिय विजयी ५ सय र चौथोलाई २ सय डलर राशी सहित पुरस्कृत गरिने छ ।

वालवालिकाहरू र उनीहरूका अभिभावकहरूका साथै लवक समुदायका सदस्यहरूको उपस्थिति रहेको कार्यक्रमको प्रभावकारिताबारे अविभावहरुले सकारात्मक प्रतिकृया व्यक्त गरेका छन् ।

TOP