Trending
युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया

ओई भन्यो मायाले झ्यालबाट गायक बिमर्षीको “अन्तराष्ट्रिय मान्छे” सार्वजनिकको तयारीमा

पछिल्लो करिव डेड बर्ष देखी अत्याधिक लोकप्रिय रहँदै आएको गीत ‘ओई भन्यो मायाले झ्यालबाट’का गायक हरी गिरी बिमर्षिको नयाँ गीत केही दिनमा सार्वजनिक हुने भएको छ । ‘अन्तराष्ट्रिय मान्छे’ बोलको गायक बिमर्षिको यो गीत ओई भन्यो गायिका बबिन्ना किराँती संगैको युगल आवाजमा भिडियो सहित सार्वजनिक हुने भएको हो ।

यस गीतको शब्द तथा संगीत गायक बिमर्षी स्वयंको रहेको छ । यूएस मिडिया नेटवर्क ( यूएस खबर )ले पब्लिसिङ र डिस्ट्रिब्यूसनको जिम्मा लिएको यस गीतको भिडियोमा पछिल्लो समय चर्चामा रहेका कलाकार हरिश निरौला, चक्र बम र उषा उप्रेतीको अभिनय रहेको छ ।

बिधान कार्कीको निर्देशनमा निर्माण भएको भिडियोलाई उत्सव दाहालले छायांकन तथा बिकाश दाहालले सम्पादन गरेका हुन् ।

को हुन् गायक हरी गिरी ‘बिमर्षी’ ?

बुवा ओमलाल गिरी र आमा ईन्दिरा गिरीको सन्तानको रुपमा कालीगण्डकी ५ लम्करा गुल्मी (सावीक) फोक्सीङ् १ लम्करा गुल्मीमा जन्मेका गायक हरी गिरी ‘बिमर्षी’ले  २०७३ सालमा ‘ईतिहासमा नाम होस्’ बोलको गीत रेकड गराएर औपचारिक संगीत यात्रा सुरु गरेका हुन् ।

गायक विमर्षी नेपाली संगीत क्षेत्रमा प्रवेश गरेको छोटो समयमा नै लोकप्रियता हासिल गर्न सफल नाम हो । कक्षा नौ मा पढ्दाताकाबाट गीत गाउन सुरु गरेका गायक तथा सर्जक बिमर्षीका यस अघिका गीतहरु ओई भन्यो मायाले झ्यालबाट,छक्कै परें देखेर, संगै हुने कहिले, अरवको लाहुरे, याद आउने दील लगायतका गीतहरु स्रोता दर्शकको प्रशंसा पाएका गीतहरु हुन् ।

छोरा हुनुको पारिवारिक दाहित्व निर्वाह गर्दै गायन कर्मलाई संगै लिएर हिँडेका गायक विमर्षी नेपाली मौलिक परिवेशका टिपिकल शब्दहरुलाई कलात्मक रुपले संयोजन गरेर उत्कृष्ट गीत नेपाली संगीत बजारलाई दिंदै आएका गायक हुन् । उसो त उनि सबै प्रकारका गीतहरुलाई उत्तीकै सम्मान गर्ने संगीतकर्मी हुन् । नेपाली माटो र अवस्था सुहाउँदो शब्द र संगीतले नेपालीको वास्तविक परिचय बोकेको हुन्छ भन्ने लाग्छ उनलाई । उनका मन पर्ने गायक जीवन शर्मा हुन् ।

संगीत क्षेत्रमा नआएको भए अहिले कुन पेसामा हुनुहुन्थ्यो भन्ने प्रश्नमा उनि भन्छन् गायक नभएको भए ब्यापार तथा कृषिमा हुन्थें म । गायक भएपनि कृषि र ब्यवसायलाई संगै लैजाने सोचमा अझै पनि छु म ।

औपचारिक संगीत संगीत यात्राको तेस्रो बर्षमा हिँडिरहेका विमर्षीका संख्यात्मक हिसावले हेर्दा २ दर्जन बढि गीत उनको आवाजमा छन् भने गायन भन्दा उनका शब्द संगीतमा धेरै गीतहरु रेकर्ड भएको पाईन्छ ।

संगीतको बिसाल सागरमा होमिएका गायक तथा स्रर्जक विमर्षी तिज गीतमा पनि उत्तीकै सशक्त छन् । उनिद्वारा लेखिएका, संगीत गरिएका र गायिएका गीतहरु सर्वोत्कृृष्ट सुचिको मनोनयनमा पर्दै आएका छन् भने छायाँछवि तिज गीत अर्वाडबाट पनि उनि सम्मानित भएका थिए ।

ओई भन्यो मायाले झ्यालबाट गीतको सफलता पछि धेरै जनाले उनिसंग अनुरोध पनि गरेका छन् यस्तै प्रकारको गीत चाहियो भनेर । सुन्दा खुसी लाग्छ उनलाई, आफुले सृजना गरेको गीत आफु हिँडिरहेको बाटो वरपर, गाउँघर, शहरका भिडभाडहरुमा बजिरहेको सुन्दा । यस्तो लाग्छ बल्ल सुरु भएछ मेरो सांगीतिक यात्रा । हुन पनि हो एउटा संगीतकर्मीका लागि गीत चर्चामा आउनु सफलता र चुनौती दुवै सावित हुने गर्छ किनकी गीतको सफलता संगै स्रोताहरुको अपेक्षा पनि बढि भै दिने गर्छ ।

गायक हरी गिरी बिमर्षी पछिल्लो समय संगीतकर्म मै ब्यस्त छन् । उनका केही गीतहरु बजारमा आउने तयारीमा छन् । जसमध्य “अन्तरास्ट्रिय मान्छे”बोलको गीत भिडियो सार्वजनिकको अन्तिम तयारीमा छ । जसमा उनका आफ्नै भाई ललित गिरी र उनी संगै बविना किँरातीको स्वर रहेको छ । शब्द संगीत भने विमर्षी स्वयंको हो ।

अन्तरास्ट्रिय मान्छेको बजार ब्यबस्थापन संगै प्रकाशनको जिम्मेवारी पाएको US MEDIA NETWORK का संचालक यस गीतका निर्माता किशन रेग्मी गीतले राम्रो दर्शक पाउनेमा आफु ढुक्क भएको बताउछन। उनि भन्छन ‘हामी यो गीत छिट्टै नै सार्बजनिक गर्ने छौ।

नेपाली लोक संगीतको पदचाप पछ्याउँदै शब्द संगीत र आवाज मार्फत मौलिकताको रंग प्रस्तुत गर्दै आएका हरी गिरी बिमर्षीलाई यूएस खबर परिवारको तर्फबाट निरन्तर सफल संगीत यात्राको शुभकामना

TOP