Trending
युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित युएस खबर संवाददाताधनुषाधाम–१ को अध्यक्षमा माओवादीका केवट विजयी युएस खबर संवाददाताडालसमा तिन नेपाली संस्थाको रक्तदान कार्यक्रम, एकैदिन ११० जनाले गरे रक्तदान युएस खबर संवाददातातेघरी ब्यारेक कैलालीमा सेनाले शुरू गर्यो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम युएस खबर संवाददातानेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा सिफारिस युएस खबर संवाददाताडालसमा आज कबवेभको लाईभ कन्सर्ट

युएईविरूद्ध गुल्सनको अर्धशतक

यूएईविरुद्धको एसीसी प्रिमियर कपको फाइनलमा गुल्सन झाले आफ्नो अर्धशतक पुरा गरेका छन् । आजको खेलमा माथिल्लो क्रममा बढुवा गरिएका झाले दबाबबीच ७५ बलमा अर्धशतक पुरा गरेका हुन् ।

उनलाई भीम सार्कीले राम्रो साथ दिइरहेका छन् । सार्की ६४ बलमा ३० रन बनाउँदै खेलिरहेका छन् । ७.६ ओभरमा २२ रनमा ३ विकेट गुमाएको खरब अवस्थाबाट झा र सार्कीले अर्धशतकीय साझेदारी गर्दै टोलीलाई जीतको नजिक डोर्‍याएका छन् । नेपालको स्कोर एक सय रन पुरा भइसकेको छ ।

यसअघि कप्तान रोहित पौडेल १ रन बनाएर रोहन मुस्तफाको शिकार बनेका थिए । त्यस्तै सातौँ ओभरमा आशिफ शेख ८ रन बनाएर आउट भएका थिए । आयाल अफजल खानको बलमा उनी एल्बीडब्लू आउट भए । दोस्रो ओभरमा नै कुशल भुर्तेल १ रन बनाएर मुस्तफाकै बलमा आउट भएका थिए ।

पहिलो ब्याटिङ गरेको यूएईले नेपाल सामु ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ । सोमबार यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । मंगलबार ‘रिजर्भ डे’ को खेलमा ११ रन थप बनाउँदै यूएई ३३.१ ओभरमा अलआउट हुन पुग्यो ।

TOP