Trending

राजनीतिक दल वा उम्मेदवारले पोस्टर र ब्यानर टाँसे १ लाख जरिवाना हुने

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा पोस्टर र ब्यानर टाँग्ने निषेध गरेको छ । आयोगका सह प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा राजनीतिक दल वा कुनै पनि उम्मेदवारले पोस्टर र ब्यानर टाँग्न निषेध गरिएको हो ।

निर्वाचनमा पोस्टर र ब्यानर टाँग्नु निर्वाचन आचारसिंहता विपरीत भएको भन्दै सह प्रवक्ता अर्यालले त्यस्ता कार्य गर्ने राजनीतिक दल वा उम्मेदवारले यथाशिघ्र उक्त ब्यानर र पोस्टर हटाउन आयोगले निर्देशन जारी गरेको बताएका छन् ।

अर्यालका अनुसार आयोगले लागु गरेको यस आचारसंहिता उल्लंघ गरे वा यथाशिघ्र त्यस्ता ब्यानर वा पोस्टर नहटाए एक लाखसम्म जरिवाना हुने जानकारी दिंदै अटेरी गर्ने राजनीतिक दल वा उम्मेदवारका यस प्रकारका कृयाकलाप नियन्त्रणका लागि नगद सहितको जरिवाना गरिएको हो ।

TOP