Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

अफगान रक्षामन्त्रीको निवासमा आक्रमण ८ जनाको मृत्यु – ११ घाईते

अफगानिस्तानमा रक्षामन्त्रीको निवासमा सशस्त्र विद्रोहीहरूले आक्रमण गर्दा ८ जनाको मृत्यु भएको भने ११ जना घाईते भएका छन् । रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदीको निवासमा भएको सो बन्दुकधारी आक्रमणमा कम्तीमा ४ जना सुरक्षाकर्मी  र ४ जना आक्रमणकारीको ज्यान गएको हो ।

काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनमा रहेको रक्षामन्त्री निवासमा भएको सो आक्रमणका समय रक्षामन्त्री बिस्मिल्लाह घर बाहिर भएकाले उनि सुरक्षित रहेका छन् भने उनका परिवारलाई सुरक्षित रूपमा उद्धार गरिएको थियो ।

मंगलबार भएको सो आक्रमणमामा बन्दुकधारी समुहले सुरुमा रक्षामन्त्रीको निवासमा कार बम हमला गरेका थिए भने आक्रमणपछि उनीहरुले गोली पनि चलाएका थिए ।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले तत्कालै हिंसा अन्त्य गर्न आह्वान गरेका बेला भएको आक्रमणमा सुरक्षाकर्मीद्वारा आक्रमणकारीहरू पनि मारिएको बताईएको छ ।

TOP