अमेरिकामा पढ्ने विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको आवेदन खुल्यो

टेक्सास, टेक्सासको ड्यालासमा रहेको मायाज देसी बुटिकले भष्टाचार बिरुद्ध काम गर्ने संस्था हेम सरिता पाठक फाउण्डेशनसँगको सहकार्यमा १० हजार डलरको स्कलरसिपको घोषणा गरेको छ । स्कलरसीपका लागि फेब्रुअरी १ देखी आवेदन खुला भएको छ । कम आम्दानी भएका विद्यार्थीहरुलाई सहयोग मिलोस् भनेर आवदेन खुलाएका मायाज देसी बुटिककी जेनी पाठकले बताईन् । उनका अनुसार नेपाली लगायत साउथ एशिएन बिद्यार्थीका लागि स्कलरसिपको घोषणा गरिएको हो ।

स्कलरसिपका लागि नेपाली लगायत, इन्डिया, बंगालादेश, भुटान, श्रीलंका र पाकिस्तानका अमेरिकामा अध्ययनरत विद्यार्थीहरु पनि योग्य हुने जनाइएको छ । छात्रबृत्तिको अभावका कारण अमेरिकामा पढ्न समस्या भोगिरहेका विद्यार्थीहरुलाई सहयोग गर्न यो कार्यक्रम ल्याइएको हो । अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा भर्ना भएको, कम्तीमा ३ दशमलव ५ जीपीए भएको, आर्थिक सहयता आवश्यकता भएको देखाउसक्ने, सामाजिक विषयहरुप्रति लक्ष्यित संस्थामा सकृय रहेको, नेपाली लगायत, इन्डिया, बंगालादेश, भुटान, श्रीलंका र पाकिस्तानका विद्यार्थीले आवेदन दिनसक्नेछन् । आवेदन अप्रिल १५ सम्म आवेदन दिन सकिने जनाइएको छ ।

त्यसपछि मे १५ मा टप ५ आवेदनहरु छनौट गरिने र युनिभर्सिटीको ट्रान्सक्रिप्टका साथमा दुईवटा सिफारिसपत्र समेत पेश गर्नुपर्ने जनाइएको छ । स्वतन्त्र छनौट समितिले आवेदनहरु हेरेर जुलाई १५ मा स्कलरसिप पाउने व्यक्तिको नाम घोषणा गरिने जनाईएको छ ।

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fmayasdesiboutique.com%2Fscholarship%2F%3Ffbclid%3DIwAR3ip7xIwpONmgOPfUNJqC53hrnyncoDciReVbFf3fQuHLTxPiWFQaAgBX8&h=AT28H9Q5YwS_jBaTio7qd-AbBuxzPVUCTX6fZ3Eq2bu5WTCmTBE_14tJANlaTDeOed6eRdC4sz4wgrjp95SdjvNleh0_y3cN1VaO2b3zxiVKi65AGfeNoHYYcJP5AFWkTceltQ

TOP