प्रकाश सपुत र मुन्नीको अभिनयमा ‘चिनो रुमाल’ सार्वजनिक (भिडियो)
चर्चित कलाकार द्वय प्रकाश सपुत र प्रियना आचार्य मुन्नी अभिनित ‘चिनो रुमाल’ गीत सार्वजनिक भएको छ । सागर खड्काको शब्द तथा राजु अर्यालको संगीत रहेको यो गीत गायक अशोक अर्याल र समिक्षा अधिकारीको युगल आवाजमा भिडियो सहित सार्वजनिक भएको हो ।
कृष्ण भान्जाको संगीत संयोजन रहेको चिनो रुमाल गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । माया प्रेमको भावमा तयार यस गीतको भिडियोमा बाल कलाकारका रुपमा अपर्ण र अर्पिता अर्यालको पनि अभिनय देख्न सकिन्छ ।
दुर्गा पौडेलले छायांकन गरेको गीतको भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका हुन् ।