Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

खोप लगाउन छुटेका देशभरका बालबालिकालाई आज खोप लगाइँदै

बृहत् खोप अभियान अन्तर्गत आज देशभर छुटेका बालबालिकालाई खोप लगाइँदैछ । खोप लगाउन छुटेका ५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशैभरिका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिनाभित्र लगाउनु पर्ने नियमित खोप छुटेका ५ वर्षमुनिका सबै बालबालिकालाई दिइँदैछ ।

जन्मने बित्तिकै लगाउने बीसीजी, ६ हप्तामा लगाउने रोटा, पोलियो, पीसीभी, डीपीटी र हेप बी हिब, १० हप्ताभित्र लगाउने रोटा, पोलियो, पीसीभी, डीपीटी र हेप बी हिब, १४ हप्ताभित्र लगाउनु पर्ने पोलियो, एफएईपीभी, हेप बी हिब, ९ महिनाभित्र लगाउनु पर्ने, एफ आई, पीभी, पीसीभी, दादुरा रुबेला र १५ महिनाभित्र लगाउनु पर्ने दादुरा–रुबेला र टाइफाइड जस्ता खोप दिइनेछ । यसअघि गएको वैशाख १५ गते छुट खोप दिइएको थियो ।

छुटेका बालबालिकालाई खोप लगाउनका लागि मन्त्रालयले बृहत् खोज र खोप अभियान सञ्चालन नै गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आफ्ना बालबालिकालाई नियमित खोप छुटेको भए लगाउन अभिभावकलाई अनुरोध गर्नुभएको छ ।

खोपले रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि जन्मदेखि पाँच वर्षसम्मको उमेरका बालबालिकालाई विभिन्न १३ प्रकारका रोगविरुद्धका खोप दिने गरिन्छ ।

TOP