Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादव ५ हजार ८१ मतान्तरसहित विजयी

बारा निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् । यादव आफ्ना निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई ५ हजार ८१ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।

यादवले २८ हजार चार १५ मत प्राप्त गर्दा जनमतका शिवचन्द्र कुशवाहाले २३ हजार तीन सय ३४ मत पाएका छन् । यसैगरी एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहँदा रास्वपाका रमेश खरेलले २ हजार ८२९ मत पाएका छन् । पाँचौँ स्थानमा रहेका आम जनता पार्टीका अरुण ज्ञवालीले दुई हजार सात सय ३८ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादवलाई मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले राती १.४५ बजे प्रमाणपत्र हस्तान्तरण गरेका थिए । प्रमाणपत्र वितरण कार्यक्रममा मुख्यमन्त्री सरोज यादव, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालगायत उपस्थिति रहेको थियो ।

TOP