Trending

चर्चाका विचमा नै महानगरका सई लोकनाथ चुडालको अचानक राजिनामा

काठमाडौं महानगर पालिकाका प्रमुखमा बालेन्द्र बालेन शाह निर्वाचित भएपछि एक प्रकारको तरंग जस्तो पैदा भयो, फुटपाथ र संरचनाका नाममा । फुटपाथमा रहेका र नक्सा विपरीतका संरचना हटाउन काठमाडौं महानगरपालिकाले नगर प्रहरी पचिलान गर्यो । काठमाडौंमा नगर प्रहरी पनि छन् है भन्ने नै कयौं जनतालाई थाहा नै थिएन किनकी पहिलो पटक नगर प्रहरी आफ्नो अधिकारको महशुषका साथ काठमाडौंमा नगरको निर्देशनमा बाहिर निस्केको पहिलो घटना जस्तै हो यो ।

यसरी मैदानमा प्रस्तुत भएका मध्य २ नगर प्रहरीको चर्चा सामाजिक संजालमा भाईरल नै बन्यो । ति दुई नगर प्रहरी थिए राजु पाण्डे लोकनाथ चुडाल ।

मेयर बालेन साहले धनपति सापकोटालाई हटाएर नगर प्रहरी प्रमुख बनाएका राजु पाण्डे र नगर प्रहरी नायव निरीक्षक लोकनाथ चुडाल ।

तर चर्चाका विचमा नै सई लोकनाथ चुडालले अचानक राजिनामा दिए । अनावश्यक हैकम सहन नसक्ने भन्दै राजिनामा दिएका सई चुडाल ति नगर प्रहरी हुन् । जसले सार्वजनिक रुपमा नै संचार माध्यम मार्फत आफ्नो जागिरे जीवनको २९ औं वर्षमा पहिलो पटक काम यति सहज र प्रेसर मुक्त वातावरणमा काम गर्न पाएको बताउँदै आएका थिए ।

सुरुवाती दिनमा संरचना हटाउने कार्यमा अत्यन्त सक्रियता र जोशका साथ काम गरिरहेका चुडालले भनेका थिए ‘आफ्नो खुसीले ठ्याक्क तोकेको दायरा भित्रको काम गर्न र मेरो आफ्नो स्वविवेक पनि प्रयोग गर्दै अड्डाको नीति एप्लाई गर्न मलाइ कुनै किसिमको दबाब महशुष गर्नु परेको छैन ।’

सई चुडालले यो पनि भनेका थिए कि ‘मैले लिएर हिडेको टिमले खुल्ला रुपमा काम गर्न पाएको छ ।’

यति धेरै आत्मविश्वासका साथ पेसागत कर्ममा लागिरहेका चुडाललाई कस्तो बाध्यता पर्यो र उनले एक्कासी राजिनामा दिए यो प्रश्न भित्रको अर्को सोचनिय प्रश्न हो ।

राजिनामा नै दिनु पर्ने आफ्नो वाध्यताका बारेमा चुडालले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई आरोप लगाएका छन् । प्रहरी प्रमुख पाण्डेले तल्लो दर्जाका नगर प्रहरी कर्मचारीहरुलाई निम्नस्तर व्यवहार गरेको, अश्लिल शब्द प्रयोग गरेर गाली गलौज गर्ने गरेको, अनावश्यक तनाव र दुख दिएको र तलका दर्जाका नगर प्रहरीले विदा माग्दा अभद्र र अश्लिल शब्द सहित मनोवलमा धक्का पुग्ने व्यवहार गर्दै आएकाले आफुले राजिनामा दिनु परेको बताएका छन् ।

प्रहरी पेसाको चौंथो तह अर्थात सईका रुपमा रहेर पनि काठमाडौं महानगरको काममा अत्यन्त सक्रियता देखाउँदै गर्दा चुडालले भनेका थिए ‘बाटो हिड्ने सामान्य नागरिक देखि उच्च तहका नागरिकले पनि तपाइँहरुले गरेको काम ठिक छ भन्दै ताली बजाउदै हिड्नु भएको छ, स्याबास नगर प्रहरी भन्न थाल्नु भएको छ, त्यल्ले उर्जा थपेको छ।’

यसरी काम गर्न पाएरै मात्र पनि खुसी देखिएका चुडाललाई मिलेको उर्जा आफ्नै प्रहरी प्रमुखले खोसेको आरोप सहित राजिनामा नै दिएपछि काठमाडौं महानगरपालिकाको नगर प्रहरी बल आन्तरिक विवादमा रहेको कुरा बाहिर आएको छ ।

राजु पाण्डेले अन्याय गरेको भन्दै नगर प्रहरी कर्मचारीले विरोध जनाएपछि बढेको समस्याका कारण लोकप्रियता कमाईरहेका प्रहरी प्रमुख पाण्डेको कार्यशैलीमाथी प्रश्न गर्ने ठाउ सृजना गरेको छ ।

महानगर र समग्र नगर प्रहरीको गरिमामा आंच आउने काम भै रहेको बताउंदै चुडालले यस विषयमा प्रशासन विभागलाई पनि पत्र पनि लेखेको जानकारी दिएका छन् ।

यता आरोप लागेका महानगर प्रहरी प्रमुख पाण्डेले भने चुडालको यस आरोपको खण्डन गर्दै आरोप झुटो भएको बताएका छन् ।

पाण्डेले संगठनमा आफु आउनु अघि लाभ लिदैं आएकाहरु भित्रबाटै आफ्नो विरोध भएको भन्दै पहिले नगर प्रहरीको नाममा पैसा उठाएर खाने गरेको आरोप समेत लगाएका छन् ।

आफूले अनुशासनमा कडाइ गरेका कारण चित्त नबुझेकाहरुले यस प्रकारको झुटो आरोप आफुमाथि लगाएको बताएका पाण्डेले चुडालले आफुमाथि लगाएका आरोप नै प्रमाणहिन भएको भन्दै ठाडो प्रतिकार गरेका छन् । प्रहरी प्रमुख पाण्डेले चुडालले यस विषयमा बोल्ने अधिकार समेत नभएको बताउंदै आरोपको खण्डन गरेका छन् ।

TOP