Trending
युएस खबर संवाददाताकाठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी युएस खबर संवाददातारुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु युएस खबर संवाददाताट्रम्पले जेडी भेन्सलाई बनाए उपराष्ट्रपतिको उम्मेदवार युएस खबर संवाददाताकाभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ युएस खबर संवाददाताअमेरिका बस्ने बुढाथोकीको सहयोगमा क्यास एपबाट अबैध कारोबार गर्ने ५ जना पक्राउ युएस खबर संवाददाताचौंथो पटक युरोकप जितेर स्पेनले बनायो विश्व कीर्तिमान युएस खबर संवाददातानवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ युएस खबर संवाददाताकोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

गायक निमा रुम्बा र एड्रिन प्रधानले भर्जिनियामा कन्सर्ट गर्दै: साथमा अन्य कलाकार र व्याण्डको प्रस्तुती

नेपालका चर्चित गायकद्वय निमा रुम्बा र एड्रिन प्रधानले अमेरिकाको भर्जिनियामा आफ्नो प्रस्तुती दिने भएका छन् । आगामी सेप्टेम्बर २५ का दिन भर्जिनियाको 7700 Bull Run Centreville मा गायक रुम्बा र प्रधानले एउटै स्टेजमा लाईभ कन्सर्ट गर्ने भएका हुन् ।

सेप्टेम्बर २५ का दिन साँझ ६ बजेबाट सुरु हुने कार्यक्रममा गायक रुम्बा र प्रधान संगै पासा व्याण्ड र सोनिक चेन व्याण्डको पनि प्रस्तुती रहने छ ।

दशैं विषेश यस कन्सर्टलाई आकर्षक र बृहत बनाउन तयारी सुरु गरिसकेको आयोजक टिमले कार्यक्रमा उपस्थितीका लागि भर्जिनिया र नजिकका क्षेत्रमा रहेका नेपालीहरुमा अनुरोध गरेको छ ।

नेपाली साँगीतिक क्षेत्रको बिषेशत पप बिधामा २ दशक लामो निरन्तरको लोकप्रियता हासिल गरेका गायक रुम्बाका आज तिम्रो मेरो प्रित बस्यो, हरपल कोही आजभोली, हुरी बतास झैं आउँछिन्, आउ आउन मसंग गाउन, मेरी प्रियसी लगायतका गीतहरु सर्वाधिक चर्चामा रहेका गीतहरु हुन् ।

त्यस्तै गायक एड्रिन प्रधानका नभन मेरो माया लाग्छ, सारा खुसी समेटी, हिड्दा हिड्दै दोवाटोमा, संबोधन तिमीलाई, परेलीमा लुकाई राखन लगायतका सर्वाधिक सफल गीतहरु रहेका छन् ।

TOP