स्थानीय निर्वाचन घोषणापत्र तयारी समिति संयोजकमा गगन थापा
काठमाडौं, १० चैत: “स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समितिको संयोजकमा नेपाली काँग्रेस महामन्त्री गगनकुमार थापा मनोनयन भएका छन् । नेपाली कांग्रसले यस बिषयमा प्रष विज्ञप्ती जारी गर्दै जानकारी दिएको हो ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख भए अनुसार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुसार पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्री थापालाई “स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन गरिएको हो ।