पल शाहलाई पक्राउ गर्न देशभर खाेज्दै प्रहरी

काठमाडाैँ – जिल्ला प्रहरी कार्यालय तनहुँमा नाबालिका गायिकालाई बलात्कार गरेको जाहेरी परेपछि पल शाहलाई पक्राउ गर्न देशभर खाेजी भइरहेकाे छ ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी विष्णु कुमार केसीले शाहलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर गरिएकाे छ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय तनहुँले दर्ता भएको जाहेरी र पलको हुलिया खुलाउँदै पक्राउ गरी तनहुँ पठाउन देशभर प्रहरी कार्यालयलाई सर्कुलर गरिएको हो।

सर्कुलरमा जिल्ला दाङ घोराही उप महानगरपालिका वडा नं. २ रामपुर स्थायी वतन भई हाल काठमाडौँ–१० नयाँबानेश्वर खरीबोट ओमशान्तीचोक बस्ने वर्ष अं. ३२ को पूर्ण विक्रम साह ( पल शाह) उल्लेख छ।

पल काठमाडौँ उपत्यकामा रहेकाले उनको खोजी अहिले काठमाडौँ, भक्तपुर र ललितपुर क्षेत्रमा तीव्र रुपमा भइरहेकाे छ ।

TOP