Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

एनआरएनए अमेरिकाद्वारा नेपाल फर्कन चाहने नेपालीको संख्यात्मक तथ्याकं सार्वजनिक

गैर आवासीय नेपाली सघं एनआरएनए अमेरिकाले नेपाल फर्कन चाहने नेपालीहरुको संख्या सार्वजनिक गरेको छ । कोभिड १९ महामारीका कारण अप्ठेरोमा परी नेपाल फर्कन चाहनेहरुका लागि पहल सुरु गरेको एनआरएनए अमेरिकाले मे २ तारिकसम्मा प्राप्त संख्या सार्वजनिक गरेको हो ।

यस बिषयमा संघले जारी गरेको विज्ञप्तीमा उल्लेख भए अनुसार मे २ सम्म नेपाल फर्कन चाहनेहरुको संख्याख ६४१ पुगेको छ ।

अमेरिकामा रहेका तत्काल नेपाल फर्किन चाहने तर कोभिड१९ को महामारीको कारण उत्पन्न परिस्थितिले गर्दा रोकिएका नेपालीहरूलाई नेपाल फर्कने वातावरणका लागि पहल शुरु गरेको संघले संकलन गरेको बिबरण अनुसार ६४१ जनाले तत्काल नेपाल फर्कन इच्छा देखाएकोले सो विवरण सहित अरु धेरै नेपालीहरु नेपाल फर्कन चाहेको बताउँदै कोभिड१९ को कारणले नेपाल फर्कन नसकेका नेपालीहरुलाई यथाशिघ्र नेपाल फर्कने वातावरण सिर्जना गर्नका लागि अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्की मार्फत नेपाल सरकार समक्ष अनुरोध गरि सकेको समेत उल्लेख गरिएको छ ।

जारी विज्ञप्तीको पूर्ण पाठ

आदरणीय सदस्य ज्यूहरू मा हार्दीक नमस्कार,

गैर आवासीय नेपाली सङ्घ, अमेरिकाले हाल अमेरिकामा रहेका तत्काल नेपाल फर्किन चाहने तर कोभिड-१९ को महामारीको कारण उत्पन्न परिस्थितिले गर्दा रोकिएका नेपालीहरूलाई नेपाल फर्कने वातावरणका लागि पहल शुरु गरेको कुरा विदित नै छ । हामीले तथ्यगत रुपमा अगाडि बढ्ने उद्देश्यले विवरण सङ्कलनको लागि उपलब्ध गराइएको फर्म भरी मे २, २०२० सम्ममा जम्मा ६४१ जनाले तत्काल नेपाल फर्कन इच्छा देखाएकोले सो विवरण सहित अरु धेरै नेपालीहरु नेपाल फर्कन चाहेको ब्यहोरा जानकारी गराउँदै कोभिड-१९ को कारणले नेपाल फर्कन नसकेका नेपालीहरुलाई यथाशिघ्र नेपाल फर्कने वातावरण सिर्जना गर्नु हुनका लागि अमेरिकाका लागि महामहिम नेपाली राजदूत ज्यू मार्फत नेपाल सरकार समक्ष अनुरोध गरि सकेका छौं ।

त्यसै गरि गैर-आवासीय नेपाली सङ्घ अन्तरास्ट्रिय परिषद्ले संसार भरि रहेका नेपाल फर्कन चाहने नेपालीहरुलाई फर्काउन आवश्यक वातावरण तयार गर्नका लागि पहल गरिरहेको परिपेक्षमा कोभिड-१९ को कारणले अमेरिकामा रोकिएका नेपालीलाई प्राथमिकताका साथ तत्काल स्वदेश फर्कने वाताबरणका लागि आवस्यक पहल गरि दिनु हुन गैर आवासीय नेपाली संघका सभापति ज्यू संग अनुरोध गरेका छौं । माननीय परराष्ट्र मन्त्री र महामहिम राजदूत ज्यूलाई यस बिषय प्रति व्यक्त चासोका लागि हार्दिक कृतज्ञता टक्र्याउँछौं । अब यसका लागि थप पहल कदम लिंदै अँगाडी बढ्ने अठोटका साथ छिटो भन्दा छिटो नेपाल सरकारले यस संबन्धमा आवस्यक कदम चाल्ने छ भन्ने पूर्ण विश्वाँस सहित प्रतिक्षारत रहेको जानकारी गराउँदै आगामी दिनमा गरिएका प्रयास र भएका प्रगति बारे अबगत गराउँदै जाने प्रतिवद्धता जाहेर गर्दछौं ।

भवदीय,

पशुपति पाण्डे
महासचिव
गैर आवासीय नेपाली सङ्घ, अमेरिका

TOP