म्यानमारमा अमेरिकी पत्रकारलाई ११ बर्ष जेल सजायको फैसाल- आजिवन कारावास हुन सक्ने
म्यानमारमा एक अमेरिकी पत्रकारलाई ११ बर्षको जेल सजाय सुनाईएको छ । म्यानमार सरकार र सैन्य विरोधी क्रियाकलापको आरोप सहित म्यानमारको सैन्य अदालतले अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई ११ वर्षको जेल सजाय सुनाएको हो।
म्यान्मार अनलाइन साइटका प्रबन्ध सम्पादक उनलाई अध्यागमन कानुन उल्लङ्घन, गैरकानुनी सङ्गठन विस्तार र सेनाविरुद्ध विद्रोह गर्न प्रोत्साहन गरेको आरोपमा दशक लामो जेल सजाय फैसाला भएको हो ।
गत मे मा याङ्गुनस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएका उनि उनीविरुद्ध सैन्य सरकारले राजद्रोह र आतङ्कवादका अन्य दुई अभियोग समेत लागेको छ । यो अभियोगमा उनि दोसी ठहर भएका उनलाई आजीवन कारावास सजाय हुन सक्नेछ ।
पक्राउ परेका पत्रकार फेन्स्टरलाई म्यानमार सेना आलोचक मानिएको समाचार साईट म्यानमार नाउका लागि काम गरेको समेत आरोप छ । तर उनले आफुमाथीको यस आरोपको खण्डन गर्दै म्यानमार नाउबाट सन् २०२० मा नै राजिनामा दिएका हुन् र राजिनामा पश्चात उनि म्यान्मार अनलाइन साइटमा आवद्व भएका थिए ।