यी हुन् सरकारका प्रमुख नीतिहरू
सरकारले संविधान र संघीयताको प्रभावकारी कार्यान्वयनदेखि अर्थतन्त्रको संरचनात्मक सुधार, भ्रष्टाचार नियन्त्रण, राष्ट्रिय हितको रक्षालगायतलाई आफ्नो प्रमुख नीतिका रूपमा प्रस्तुत गरेको छ ।
शुक्रबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रसुतुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको प्रमुख नीतिहरू उल्लेख गरेका हुन् ।
यस्ता छन् सरकारका प्रमुख नीतिहरूः
संविधान र संघीयताको प्रभावकारी कार्यान्वयन
अर्थतन्त्रको संरचनात्मक सुधार
सार्वजनिक खर्चमा मितव्ययीता
पुँजीगत खर्च वृद्धि
गुणस्तरीय पूर्वाधार निर्माण
शासकीय व्यवस्था र सेवा प्रवाहमा सुधार
भ्रष्टाचार नियन्त्रण
उत्पादन र रोजगारी वृद्धि
हरित अर्थतन्त्रको विकास
पर्यावरणमा सन्तुलन
आर्थिक सामाजिक विभेदको अन्त्य
गरिबी निवारण
समावेशी विकास
शान्ति प्रक्रियाको तार्किक निष्कर्ष
मुलुकको राष्ट्रिय हितको रक्षा
स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिको अवलम्बन