Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

नक्कली शरणार्थी प्रकरण राष्ट्रघात र देशद्रोहः एमाले सांसद गैरे

नेकपा एमालेका सांसद ठाकुर गैरेले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर त्यसवापत करोडौं रकम लिने काम हुनु राष्ट्रघात र देशद्रोह भएको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद गैरेले उक्त प्रकरणमा संलग्न भएका सबैलाई कडा कारवाही हुनुपर्ने माग राखेका छन् ।
उनले भने ‘ नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेशमा पठाउने र त्यसवापत करोडौं लिने काम भ्रष्टाचार र अपराध हो । अपराध मात्र नभइ यो कार्य राष्ट्रघात र देशद्रोह हो । यस प्रकरणमा संलग्न सबैलाई कारवाही गर्नुपर्छ । ’

सांसद गैरेले शरणार्थी प्रकरणमा मुछिएका केही सांसदहरु अझै पनि सदनमा बोलिरहेको उल्लेख गर्दै संसदमार्फत सरकारलाई प्रश्न समेत गरेका छन् ।

TOP