Trending
युएस खबर संवाददातायुनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघ (अन्टीएफ)को नेतृत्वमा मास्टर गोर्खाली युएस खबर संवाददाताममताको मुद्धाको अन्तिम फैसलाको छलफल डिसेम्वर ९ देखि सुरु हुने युएस खबर संवाददातासरकारसँग ज्ञानेन्द्र शाहीको माग : जुम्लाको स्याउलाई बजार दिइयोस् युएस खबर संवाददाताअमेरिका भ्रमणबारे प्रधानमन्त्री ओली भन्छन्: नेपालको शिर ढल्नेगरी कुनै पनि काम गर्दिनँ युएस खबर संवाददाता‘बाबिन्का’आँधीका कारण सांघाईको जनजीवन प्रभावित युएस खबर संवाददाताराष्ट्रपतिद्वारा संसद्‌को चालु अधिवेशन अन्त्य युएस खबर संवाददाताअमेरिकाको एक विद्यालयबाट भागेका ८ वर्षीय बालक पोखरीमा मृत फेला युएस खबर संवाददातासहकारी ठगि प्रकरण: रवि लामिछाने दोषी ठहर

बागमती प्रदेश सरकारबाट पनि बाहिरियो राप्रपा

मकवानपुर । बागमती प्रदेश सरकारबाट पनि राप्रपा बाहिरिएको छ । आजै राप्रपाका ३ मन्त्रीले मुख्यमन्त्री सालिकराम जमरकट्टेल समक्ष पदबाट राजीनामा दिएका छन् । शनिबार बसेको प्रदेशसभा बैठकलगत्तै राप्रपाका ३ मन्त्रीले मुख्यमन्त्रीको सरकारी निवास हेटौंडा २ मा पुगेर मुख्यमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।

प्रदेशका खानेपानी सिंचाई तथा ऊर्जा मन्त्री एवम् राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा वन तथा वातावरण मन्त्री राजु विष्ट र पर्यटन उद्योग तथा सहकारी मन्त्री डम्बर बहादुर तामाङले संयुक्त रुपमा मुख्यमन्त्री जकट्टेललाई राजीनामा बुझाएका हुन् । राष्ट्रपतिको निर्वाचनका लागि केन्द्रीय तहमा सत्ता समीकरण फेरिएसँगै उनीहरुले पदबाट राजीनामा दिएका हुन् । केन्द्र र प्रदेश सरकारबाट पनि राप्रपा बाहिरिने पार्टीको निर्णयअनुसार राजिनामा दिएको नेता थापाले जानकारी दिए ।

TOP