शनिबार टेक्सासमा दक्षिण एसियाली फेशन ब्राण्ड मायाजदेशी बुटीकको ग्राण्ड ओपनिगं हुँदै
दक्षिण एसियाली फेशन ब्राण्ड मायाजदेशी बुटीकको ग्राण्ड ओपनिगं अमेरिकाको टेक्सासमा हुने भएको छ । अक्टोबर ९ शनिबार टेक्सासको यूलेसमा मायाजदेशी बुटिकको ग्राण्ड ओपनिगं हुने भएको हो ।
शनिबार बिहान ११ बजेबाट साँझ ७ बजेसम्म चल्ने कार्यक्रममा आकर्षक छुट अफरको पनि व्यवस्था छ जसमा २ वटा व्लाउज किन्दा एउटा फ्रि, सम्पूर्ण स्टोरमा १० प्रतिशत छुट, चाँदी जडित गहनामा १५ प्रतिशत र सुन जडित गर गहनामा २० प्रतिशत छुटको व्यवस्था रहेको छ ।
दक्षिण एसियाली फैसन ब्राण्डका रुपमा परिचित मायाजदेशी बुटिक पारिवारिक स्वामित्वमा संचालित व्यवसाय हो । महिलाको आर्थिक र मानसिक स्तरोन्नतीका लागि संचालित बुटिक ई बाणिज्य मान्यता प्राप्त बुटिक हो जसका २० हजार भन्दा धेरै अनलाईन ग्राहक रहका छन् ।
अमेरिकाका ५० बटै राज्यमा सेवा बिस्तार गरेको बुटिकले विश्वका ३५ देशहरुका ग्राहकका सेवा प्रदान गर्दै आएको छ ।