Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

अमेरिकामा २२ र २८ बर्षिय दुई नेपाली युवकको मृत्यु – शव नेपाल पठाउन गो फण्ड संचालन

अमेरिकामा छुट्टा छुट्टै स्थानमा यो साता २ जना नेपाली युवाको निधन भएको छ । विस्कन्सिन र न्युयोर्क राज्यमा रहेका २२ र २८ बर्षिय नेपाली युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौँ दक्षिणकाली घर भई विस्कन्सिनका २२ बर्षिय सृजन कुँवर र पर्वत स्थाई घर भई न्यूयोर्कका रहँदै आएका २८ वर्षीय विपिन लम्साल रहेका छन् । जसमध्य मंगलबार लम्साल र बुधबार कुँवरको मृत्यु भएको हो ।

अचानक बेहोस भएर ज्यान गुमाएका उनिहरु मध्य कुँवरको आफु कार्यरत स्टोरमा काम गर्दा गर्दै अचानक बेहोस भएका थिए भने लम्सालको कामबाट फर्किएर घरमा सौचालय गएका बेला बेहोस भएका थिए । अचानक बेहोस भएपछि उपचारका लागि अस्पताल लगिएको भएपनि उनिहरुको ज्यान बचाउन सकिएको थिएन ।

मृतक मध्य २२ बर्षिय कुँवर डिभी परेर सन् २०१९ मा अमेरिका आएका थिए भने लम्साल सन् २०१६ मा अमेरिका आएका थिए ।
अकल्पनिय रुपमा दुई नेपाली युवाको मृत्यु भएको प्रति दुख ब्यक्त गर्दै एनआरएनए अमेरिकाले मृतकको सव नेपाल पठाउने तयारी रहेको जनाएको छ । जसका लागि एनआरएनए अमेरिकाले आवस्यक समन्वय सुरु गरिसकेको बताएको छ ।

कम उमेरमा नै ज्यान गुमाएका उनिहरुको शव नेपाल पठाउन लागि गो फण्ड पनि संचालन गरिएको थियो । जसमध्य एनआरएनए न्युयोर्क च्याप्टरको पहलमा बिपिन लम्सालको नाममा संचालित गो फण्डबाट १८ हजार डलर सङ्कलन भएको छ ।

त्यस्तै अर्का मृतक सृजन कुँवरको शव नेपाल पठाउन आवश्यक खर्च व्यवस्थापनका लागि संचालित गो फण्डमा अहिले सम्म जम्मा ७  हजार ९  सय २८  डलर मात्र संकलन भएको छ ।

नेपाली युवाहरुको कम उमेरमा नै अचानक मृत्यु भएको यस घटनामा अमेरिका स्थित नेपाली दुतावास, एनआरएनए अमेरिकाका नव निर्वाचित अध्यक्ष बुद्धि सागर सुवेदी मेरिल्यान्ड राज्यका विधान सभा सदस्य ह्यारी भण्डारी, न्युयोर्क र विसकनसिन च्याप्टरको समन्वय समन्वयमा दुवै युवकको शव नेपाल पठाउने तयारी भै रहेको छ ।

https://www.gofundme.com/f/requested-donations-for-funeral-services-of-SRIJAN?fbclid=IwAR2yvRIveUldiBmPbEeP6ufrvnq3iqY3CcsApClzJ-uIYetWxyfqodQ9SJg

TOP