वामदेव गौतम आउने भएपछि अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले दिए राजिनामा
अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन्।सरकारका प्रवक्ता मन्त्री खतिवडाले शुक्रबार साँझ राजिनामा दिएका हुन् ।
यस बिषयमा राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख भए अनुसार मन्त्री खतिवडाले शुक्रबार साँझ दिएको राजीनामा स्वीकृत गरेर दुवै मन्त्रालयको जिम्मेवारी आफूले सम्हाल्ने गरी प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।
राष्ट्रियसभाको रिक्त एक पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेपछि सरकार पुगेको प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका थिए।
नेपाल राष्ट्र बैङ्कको पन्ध्रौं गभर्नर समेत रहेका खतिवडा अर्थशास्त्रीको हुँदै नेपाल सरकारको राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष, नेपाल राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागको प्रमुख, त्रिभुवन विश्वविद्यालयमा ,स्नातकोत्तर शिक्षक, त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयमा अतिथि सङ्काय सदस्य लगायतका कार्यअनुभव संगालेका डा. खतिवडाको यस अघि राष्ट्रिय सभा सदस्य पद २०७६ फाल्गुन २० गते स्वतः सकिने भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए। मन्त्री पदबाट राजीनामा दिएको २४ घण्टा नबित्दै उनले पुनर्नियुक्ति पाएका थिए।