Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

चर्चित टिकटक गर्ल गरिमा शर्माको मोडलिङ क्षेत्रमा दमदार प्रवेस

पछिल्लो समय विश्वभर सामाजिक सञ्चाल टिकटकले ठुलो स्थान ओगटेको छ मनोरञ्जनको क्षेत्रमा । सन् २०१६ मा चिनबाट सुरु भएको टिकटकप्रति विश्वभरका युवा पुस्ता आकर्षित छन् भने बालबालिका देखी बृद्ध बृद्धा सम्म टिकटक लोकप्रिय बन्दै गएको छ । यसको लोकप्रियता नेपालमा पनि बढ्दै गएको छ । ५ देखी १५ सेकेण्ड सम्मको भिडियो बनाउन सकिने टिकटकमा बिभिन्न उमेर समुहका नेपालीहरुले गीत तथा संवादमा फरक फरक अभिनय र नृत्य प्रस्तुत गर्दै आएका छन् भने कतिपय राम्रो कलाकारिता भएकाहरुले कलाकारिता क्षेत्र प्रवेश गर्ने सहज बाटो र अवसर पनि पाएका छन् ।

यहि भिडमा हजारौं दर्शकले मन पराएकी नेपाली टिकटक गर्ल हुन् गरिमा शर्मा । चितावनकी स्थायी बासिन्दा गरिमाको टिकटकमा सार्वजनिक नृत्य र अभिनय दर्शक र कलाकर्मीले अत्याधिक रुचाएपछि उनि नेपाली कलाकारिता क्षेत्रमा औपचारिक प्रवेश गरेकी कलाकार हुन् ।

पान खायो मायाले, बनकी चरी के भन्छे, सालको पात, गुराँश फुल्दा, नगर दोमन, सयौ जुनि पाउन, म त तिम्रो घनश्याम, गैरी खेतको शिरै हान्यो, नौटंकी माया, य लड्का हाय अल्ला, तेरे नयना बढे कातिल लगायत सयौं नयाँ पुराना नेपाली र हिन्दी गीतमा आकर्षक अभिनय र नृत्य गर्दै आफ्नो प्रतिभा प्रस्तुत गरेकी गरिमाको कलाकारिता क्षमतालाई अहिले नेपालका चर्चित कलाकर्मीले प्रसंसा गरिरहेका छन् । यो संगै उनि एक पछि अर्को म्युजिक भिडियोमा देखिने भएकी छन् ।

यो बर्षको तिज गीत शितलु मार्फत उनि कलाकारिता क्षेत्रमा औपचारिक प्रवेस गरेकी छन् । गरिमाको सौन्दर्य, अभिनय, र नृत्यको तारिफ गर्दै आएका दर्शकले उनको सितलु गीतमाथी पनि प्रसंसनिय प्रतिकृया दिईरहेका छन् । कलाकार सिवन पोख्रेल, निरु खड्का, रविन लामिछाने लगायतसंग अभिनयमा देखिएकी उनि सीतलु गीतका मुख्य कलाकारका रुपमा रहेकी छन् जसमा उनले सिवन पोख्रेलको जोडीका रुपमा नृत्य प्रस्तुत गरेकी छन् ।

जुनसुकै लुक्समा पनि सुन्दर देखिने गरिमालाई यस लगत्तै चर्चित गायक समिर आचार्यको नयाँ गीतमा देख्न पाईने भएको छ । त्यो पनि लोकप्रिय नायक तथा मोडल पुष्प खड्काको साथमा । भुर्भुर पुतली बोलको यस गीतको छायांकन सम्पन्न भै सकेको छ । रिलिजको तयारीमा रहेको यो गीत गायक समिर आचार्य र गायिका सुरेखा क्षेत्रीको युगल आवाजमा रहेको गीत हो ।

गायक समिर आचार्यले गरिमाको अभिनय क्षमताका आधारमा उनलाई आफ्नो नयाँ गीतका लागि छनौट गरेको बताएका छन् । नयाँ कलाकार भएपनि परिपक्क अभिनय, आकर्षक नृत्य र कलाप्रतिको लगावका कारण उनलाई आफ्नो गीत भुर्भुर पुतलीका लागि छनौट गरिएको गायक समिरले यूएस खबरलाई बताएका छन् । समिर आचार्य ति गायक हुन् जसका पिचरोड, मेरो दुनियाँ बेग्लै छ, घाममा सुकाईदेउ, घाँघरा चोली, रेल गाडी लगायतका दर्जनौं लोकप्रिय र हित गीतहरु बजारमा आएका छन् ।

TOP