Trending

सर्वोच्चका न्यायाधिश लगायतको उपस्थितीमा हत्या भएका व्यक्तीका पिताद्वारा हत्यारालाई मृत्युदण्ड

अफगानिस्तानमा हत्याको बदलामा नयाँ शैलीको मृत्युदण्ड दिइएको छ । हत्या भएका व्यक्ती कै पिताको हातबाट हत्यारालाई सार्वजनिक स्थलमा गोली हान्न लगाएर बदला शैलीमा हत्यारालाई मृत्यु दण्ड दिइएको हो ।

तालिबान सत्तामा फर्किए यता मृत्युदण्ड दिइएको यो पहिलो घटनाका रुपमा रहेको यस मृत्युदण्ड हत्यारालाई मृततका पिताकै हातबाट सयौं दर्शक र सर्वोच्च अदालतका न्यायाधीशहरू, सैन्य अधिकारीहरू र वरिष्ठ मन्त्रीहरू लगायत धेरै शीर्ष तालिबान अधिकारीहरूको अगाडि पश्चिमी फराह प्रान्तमा मृत्युदण्ड दिइएको हो । मृत्युदण्ड हेर्नकै लागि उनिहरु त्यहाँ पस्थित थिए ।

मृत्यु दण्डको सँजाय पाउने ताजमिर नामका युवालाई पीडित परिवारले उनलाई अपराधको आरोप लगाएपछि तालिबान सुरक्षा बलले ताजमिरलाई पक्राउ गरेको थियो र पीडितका बुबाले उनलाई सार्वजनिक मृत्युदण्डमा असल्ट राइफलले तीन पटक गोली हानेका हानेर मृत्युदण्ड दिएका हुन् ।

तालिबान सत्तामा फर्किएयता मृत्युदण्ड दिइएको यो पहिलो घटना भएकाले यस घटनालाई विश्व संचार माध्यमले शिर्ष महत्वका साथ हेरेका छन् । फराह प्रान्तस्थित एउटा रङ्गशालामा धेरै मानिस भेला गराएर दिईएको यस मृत्युदण्ड दिइएको हेर्न तालिबानका अधिकारीहरू पनि उपस्थित थिए।

तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाले गत महिना शरिया कानुन अन्तर्गत सार्वजनिक स्थानमा मृत्युदण्ड दिइने, अङ्गच्छेदन गरिदिने र ढुङ्गाले हान्न लगाउने जस्ता सजाय कार्यान्वयन गर्न आदेश जारी गरेपछिको यो पहिलो घटना हो । तालिबान सत्तामा फर्किएपछि सार्वजनिक स्थानमा र रङ्गशालामा धेरै मानिसहरूका अगाडि कोर्रा लगाएर सजाय दिइने गरेको भए पनि मृत्युदण्ड दिइएको यो पहिलो घटना हो ।

TOP