पुगेन निस्कर्षमा अडान: कांग्रेस-एमाले बैठक साँझ ७ बजे फेरी बस्दै
काठमाडौं, १२ फागुन:नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक केही बेरमा पुन बस्दै छ । प्रधानमन्त्री एवं काग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुको बैठक साँझ ७ बजे फेरि बस्ने गरी सकिएको हो ।
एमसीसी पारित र सभामुख फेरबदलका लागि दौडधुपमा रहेका दुई पार्टीविच मुख्य दुई मुद्धालाई निस्कर्षमा पुर्याउन पटक पटक बैठक बसेको हो ।
आज दिउँसो १ बजेबाट प्रनिनिधी सभा बैठकको आह्वान गरिएको थियो, एमसीसीका बारेमा छलफल गर्ने भनिएको प्रतिनिधीसभा बैठक नै स्थगित गरेर एमालेका तीन र कांग्रेसका तीन गरी ६ नेताहरु बैठकका बसेका थिए ।
लामो समयदेखीको प्रयास सफल पार्न लागिपरेका यि दुई पार्टीका आ आफ्नै मुद्धा मध्य कांग्रेसले पेस गरेको एमसीसी पास गर्ने प्रस्थावलाई अझ धेरै महत्वका साथ हेरीएको छ । किनकी एमसीसी पास गर्ने समय सीमा अव ३ दिन मात्र बाँकी छ । फागुन १६ सम्म एमसीसी पारित गरिसक्नु पर्ने भएकाले नै पार्टीहरु आन्तरिक छलफलमा व्यस्त छन् । एमालेले गठबन्धन तोड्नुपर्ने र सभामुख अग्निप्रसाद सापकोटालाई हटाउनुपर्ने शर्त राख्दै आएको छ
यस बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपनेता सुवास नेम्वाङ, महामन्त्री गगन थापा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहभागी छन् ।
।