चिरायु हस्पिटल र एन.एफ.एच इभेन्टस प्रा.लि.बीच छुट सम्बन्धी सम्झौता
काठमाडौं, चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्टिच्युट प्रा।लि र एन। एफ। एच इभेन्टस प्रा।लि।बीच छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा बिहीबार एक कार्यक्रमबीच हस्पिटलको तर्फबाट निर्देशक सन्जिवराज भण्डारी र एन। एफ। एच इभेन्टस प्रा।लि। का अध्यक्ष हेमा मानन्धर बीच छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
छुट सम्झौतापछि एनएफएच इभेन्टस प्रा।लि। का सदस्य र घरपरिपरिवारलाई हस्पिटल उपचार गर्दा विशेष छुट पाउने चिरायु नेसनल हस्पिटलका बिजनेस डेभलपमेन्ट म्यानेजर हिमाल रानाले जानकारी दिएका छन् ।
एनएफएच इभेन्टस प्रा.लि. ले लामो समयदेखि काठमाडौंमा हुने मिस नेवा प्रतियोगिता लगायत विभिन्न सामाजिक गतिविधि गर्दै आइरहेको छ ।
काठमाडौंको बसन्धारामा रहेको चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्टिच्युट प्रा.लि.मा युरोलोजिष्ट र नेफ्रोलोजिष्ट विभागमा प्रा. डा उत्तम कुमार शर्मा, अर्थापेडिक विभागमा प्रा.डा दिपक प्रकाश महरा, प्रा डा. अर्जुनप्रसाद लामिछाने र सुनिलजंग थापा, मनोसामाजिक डा। पवन शर्मा र ग्यास्ट्रो अनुराग झा लगायतका अनुभवी दक्ष चिकित्सकबाट विभिन्न किसिमका सेवा उपलब्ध गराउदैँ आएको छ ।