मौनतामा रमाएका नेपालीका सपनाहरु…..
मेरो पुस्ता आज मानब इतिहासमा, इतिहास निर्माण गर्ने समयमा छ । हामी विश्वको इतिहास वा नेपाली समाजको इतिहास पढिरहदा वा त्यसको संस्लेषण गर्दा, कुनै वेला हाम्रा पुर्खाहरुले हाम्रै जिवन समयमा निर्माण गरेका हुन । एक जना सपुतको इच्छा शक्ति र दरिलो साहासले इतिहास बन्ने हो । समाजमा मौन बसेर सपना साकार गर्ने सकिदैन। मौनताले विश्व वर्गिय इतिहासमा ठुलो अवसरहरु गुमाएका उदाहारण छन ।
म लगाएत लाखौ नेपाली भुमिमा जन्मिएर, संयुक्त राज्य अमेरिकामा कर्म सँगै सपना बुनिरहेका छौं । हामीसँग हामी जन्मिएको भुमिका पाखा, पखेरा, धारा,कुवाँ,स्कुल,वालसखा,परिवार,आफन्तजनको आवश्यक्ता र सम्झना सँगै यो भुमिमा हाम्रा आगामी सन्तति जो यहि भुमिमा हिजो हामिले बालापनमा जस्तै सम्झना संगालेका छन, तिनिहरुका लागि बाटो कोरिदिनु छ । यो समयमा हामीसँग उदाहारण दिने, न वलभद्र कुँवर, भक्ति थापा छन न पुथ्वीनारायण न कालु पाण्डे । हामी नै हाम्रा सन्ततिका लागि सबै हौ । अमेरिकि नेपाली इतिहास हाम्रो पुस्ताबाट मात्र शुरु हुन्छ ।
हामी सँग इतिहासको यो विषम घडिमा अलमल गर्ने समय छैन l हामीसँग यो बेला नेपालीहरुको सानो -सानो समुहमा संगठनहरु छन । मगर संघ, झापालि समाज, जनजति महासंघ, सुदुरपश्चिम समाज, चितवन समाज, NRNA, शेर्पा समाज, वाहुन समाज, मैनालि बन्धु समाज, मधेसि समाज …. आदि इत्यादि। खैर विभिन्न अवस्था र परिस्थिति अनुकुलका भेला हुने र नेता बन्ने र बनाउने प्रक्रियाका ति हाम्रा सँग संस्थाहरु माटो सुहाउने हुन जरुरि छ । संस्था बनिरहदाँ राज्यले र त्याहाँको समाज अनुकुल बन्नु पर्छ । संगठन निर्माणमा समय, विवेक, र पैसा खर्च हुन्छ । होला, आजसम्म ति विभिन्न समुह र संगठनका महत्व थिए तर समय त्यसमा मात्र सिमित हुने अवस्था छैन । अब हामीले राज्यले पहिचान दिन सक्ने सम्पुर्ण नेपाली संघ संस्थाको ‘राष्ट्रिय समन्वय परिषद’ निर्माण सँगै वृहत रुपमा अमेरिकि समाजमा, अमेरिकि राजनितिमा, स्कुल बोर्डमा, साना साना राज्यका निकाय देखि राष्ट्रिय राजनितिमा दिर्घ-कालिन रुपमा कसरि अगाडि बढ्न सकिन्छ भनेर योजना, छलफल र विचार विमर्श गर्ने वेला आएको छ । यो भनेको मुलतः अमेरिकामा NRNA को आवश्यकता उसको असफल कार्यशैलिको कारणले समाप्त भएर, त्यो जनशक्ति,श्रम र पैसा अमेरिकि भुमिमा नेपालि अमेरिकि समाजका लागि इतिहास निर्माणमा प्रयोग गर्नु र गराउनु हाम्रो दायित्व हो ।
आज हामीले NRNA अमेरिका को जाशक्ति मानौ अमेरिकि मुलधारको राजनितिमा परिर्वतित गऱ्यौ भने दजनौ Harry भण्डारी, मोहन ज्ञावाली, र दिनेश शर्माहरु जन्मिने छन ।हामी जडशुत्रमा फस्यौ । एउटा सानो समुहको चुनाबमा हार मानेर मौनता साध्यौ, तर असिमित इतिहास हेर्ने सकेनौ ।समाजको नेता बन्ने क्रममा, न उसका कमजोरि देखाउने समय नै हो यो न नेता बन्छु भन्नेले असन्तुष्ट समाजका सदस्य सँग कुरै नगर्ने, क्षणिक रुपमा त्यसले हामीलाई रम्सि भट्टि पुऱ्याऊला, कोठे गफको बजार मौलाऊला, पख्लास भनौला तर के त्यसरि इतिहास निर्माण हुन्छ त? मानौ एउटा चुनाब समाजको एउटा मामुलि पात्र दिनेश शर्मा ले चुनाब जित्ला वा हार्ला त्यो क्षणिक रुपमा त्यसरि नै व्यख्या होला तर इतिहास आज मौनता साधेर सपना बुन्नेको भन्दा गर्विलो र सानदार हुनेछ । एक पटकको सानो प्रयासमा इतिहास बन्दैन । हामी इतिहासको साक्षि बन्ने कि नबन्ने त्यो हाम्रो इच्छा हो तर, साक्षि बन्ने हो भने इतिहास हाम्रो साक्षि बन्छ हैन भने समयले दिएको त्यो अवसरमा हामी चुक्यौ ।
समाजमा को शक्तिशालि हुने भन्ने भ्रम हुन्छ नै, म ऊ भन्दा धनि, शक्तिशालि, जान्ने, र म नै नेता भन्ने आ- आफ्नै मनोविज्ञान बन्छन । हामी मानबले त्यसलाई प्रक्रियागत रुपमा समधान गर्ने रोजिएका भिन्न भिन्न प्रणालि छन । तर जंगलि जनवारमा त्यो छैन l त्याहाँ पनि आ-आफ्नै मनोविज्ञान होलान । हात्ति, गैडा, बाघ, ऊँट सबैलाई आ-आफ्नो तरिकाले आफुनै शक्तिशालि वा नेता हुँ जस्तो लाग्ला तर एक दिन हात्ति र बाघको जम्का भेट भएछ । हात्तिले सोच्यो ‘ल अब बाघले मलाई खाने भो’ त्यहि अवस्थामा बाघले सोच्यो ‘ल खाजा भेटियो’ । याहाँ हात्ति सामान्यतय बाघ भन्दा ठुलो र वलवान हो तर उसको Thought Process ले गर्दा ऊ रक्षात्मक हुन्छ । मानौ हात्तिले ‘यो मेरो वाटोमा को आएछ’ भन्ने सोचेको भए, उसको सुडले दशौ कोस टाढा फाल्न सक्थियो तर बाघ उसको Thought Process ले गर्दा आक्रामक बन्छ र हात्ति वलवान भएपनि बाघले शिकार गर्छ ।
समाज विकासमा पनि यहि मनोविज्ञान र सोच्ने तरिकाले काम गर्छ । हामि के बन्ने, हाम्रो समाज कस्तो बनाउने, को नेता बन्ने हाम्रो सोच्ने तरिकाले निर्धारण गर्छ। हामिले आजै बाट ‘हामि गर्छौ’ हाम्रो समाज लाई प्रगतिशिल बनाउँछौ भन्ने हो भने न हामीसँग पैसा,नेपाली जनसंख्या, राम्रो अंग्रेजि, डिग्रि केहिले पनि रोक्न सक्दैन । हामी हाम्रै समयमा अमेरिकि राजनिति लगाएत राज्यका साना-साना निकायमा प्रवेश गर्ने सक्छौ तर मात्र हामीलाई चाहिएको छ ‘सोच’ र सोच्ने तरिका ।मौनताले सपना साकार हुदैन ।
पुण्य पुण्य
डालस, टेक्सास