Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

एसीसी इमर्जिङ कप आजबाट, नेपालले पहिलो खेल शुक्रबार खेल्ने

श्रीलंकामा एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगिता आज (बिहीबार)बाट सुरु हुदैछ । प्रतियोगितामा नेपालसहित ८ देशका टोलीको सहभागिता रहेको छ।

प्रतियोगिताको पहिलो दिन समूह ए का दुई खेल हुदैछ ।

प्रतियोगिताको पहिलो खेलमा श्रीलंका ए ले बंगलादेश ए को सामना गर्दै छ । खेल सिंहालिस स्पोर्टस क्लब कोलम्बोमा हुदैछ ।

प्रतियोगिताको पहिलो खेल खेल्दै गरेका दुवै टोली जितका साथ प्रतियोगिता सुरुआत गर्न चाहन्छन् ।

दोस्रो खेलमा अफगानिस्तान ए र ओमान ए भिड्दै छन् । खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा हुनेछ ।

प्रतियोगिताको पहिलो खेल खेल्दै गरेका दुवै टोली जितका साथ प्रतियोगिता सुरुआत गर्न चाहन्छन् ।

दुवै खेल नेपाली समय अनुसार बिहान १०:१५बजे सुरु हुनेछ ।

समूह बी मा रहेको नेपालले शुक्रबार आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग खेल्नेछ ।

TOP