नक्कली शरणार्थी प्रकरणमा ९७५ जनासँग पैसा उठाइएको छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा ९७५ जनासँग पैसा उठाइएको दाबी गरेका छन् । यो ठगीमा कोही दोषी उम्कन नहुने र दोषी फस्न नहुने बताउँदै उनले ९७५ जनाबाट पैसा उठाइएको दाबी गरेका हुन् ।

‘दोषी उम्काउने र निर्दोष फसाउने काम हुन लागेको छ । यस्तो हुनुहुन्न’ ओलीले भने, ‘९७५ जनासँग पैसा उठाइएको छ ।’

ओलीले तेस्रो देश गएकाबाहेक ४२९ सक्कली भुटानी शरणार्थी भएको बताए ।

TOP