एसईईका विद्यार्थीलाई प्रधानमन्त्रीको शुभकामना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसईईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन परीक्षासँग सम्बन्धित सबैमा अपील गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले माध्यमिक शिक्षा परीक्षामा सहभागी विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरेका छन् । उनले भने, आजदेखि सुुरू हुने माध्यमिक शिक्षा परीक्षा (SCE) मा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूको उज्जवल भविष्यको कामना गर्दछु । एसईईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आ–आफ्नो ठाउँमा भूमिका खेल्न परीक्षासँग सम्बन्धित सबैमा हार्दिक अपील गर्दछु । आज बिहान ८ बजेदेखि सुरु भएको परीक्षा एसईईमा नियमित र ग्रेड वृद्धि गरी ४ लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी भएका छन् ।