Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

प्रधानमन्त्रीसहित माओवादी केन्द्रका मन्त्रीहरु नियमित पार्टी कार्यालयमा जानैपर्ने, कुन बार कसको पालो ?

नेकपा माओवादी केन्द्रले नयाँ वर्ष २०८० सालको पहिलो दिन प्रधानमन्त्रीसहित आफ्ना पार्टीका मन्त्रीहरु पार्टी केन्द्रीय कार्यालयमा नियमित जाने बाचा गरेको छ । जसअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित माओवादी केन्द्रका मन्त्रीहरु कार्यतालिका बमोजिम पार्टी कार्यालयमा पुगेर नेता कार्यकर्तासहित सर्वसाधारण जनतालाई भेट्ने भएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारसहित सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र मन्त्रालयमा धेरै भिडभाड हुन थालेपछि कार्यतालिका बनाएर माओवादी केन्द्रका मन्त्रीहरुले पार्टी कार्यालयमै नेता–कार्यकर्तासहित सर्वसाधारणलाई भेट्ने गरी व्यवस्था गरिएको हो । प्रधानमन्त्री प्रचण्डले नयाँ वर्षको पहिलो दिन शुभकामना दिँदै आफू पनि पार्टी कार्यालय जाने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यतालिका बमोजिम आइतबार ४ बजेदेखि ६ बजेसम्म ऊर्जा मन्त्री पार्टी कार्यालय पुग्ने भएका छन् । सोमबार पर्यटन मन्त्री, मंगलबार सञ्चारमन्त्री, बुधबार प्रशासन मन्त्री, बिहीबार गृहमन्त्री, शुक्रबार प्रधानमन्त्री र शनिबार सल्लाहकार तथा विज्ञहरु पार्टी कार्यालय जानुपर्ने छ । प्रधानमन्त्रीले आफ्ना टिमसँग प्रत्येक शनिबार २ घण्टा छलफल गर्ने र आफैँ भेट्न आउनेभन्दा पनि बोलाएर भेट्न आउनेलाई प्राथमिकता दिने व्यवस्था गरिएको छ ।

अब प्रधानमन्त्रीले महिनाको अन्तिम शनिबार ३ घण्टा पार्टीको एउटा प्रदेशको टोलीसँग खाना खानेगरी अन्तक्र्रिया गर्ने कार्यतालिका बनाइएको छ । टोलीमा सहिद तथा बेपत्ता परिवार, जनमुक्ति सेना र घाइते तथा अपाङ्गलाई नछुट्नगरी राख्नुपर्ने छ । सर्वसाधरणसँगको भेटघाटलाई सहज र व्यवस्थित बनाइने जनाइएको छ ।  प्रधानमन्त्रीले प्रत्येक शनिबार २ घण्टा केन्द्र र प्रदेशका एक÷एक जनालाई फोन गर्ने भएका छन् । माओवादीले नेता कार्यकर्तालाई भेट्न पहिलो पटक कार्यतालिका बनाएको होइन । यसअघि पनि कार्यतालिका बनाएर पार्टी कार्यालयमा नेता कार्यकर्ता र सर्वसाधारणलाई भेट्ने व्यवस्था गरिए पनि कार्यान्वयन हुन सकेको थिएन ।

पार्टी सचिव गणेश शाहले सरकार र पार्टीलाई जोड्न, भेटघाट गर्न पार्टी कार्यालयमा प्रधानमन्त्रीदेखि मन्त्रीहरु आउने कार्यतालिका बनाइएको जिकिर गरे । ‘कार्यतालिका बनाएपछि नेता कार्यकर्तालाई पार्टी कार्यालयमा भेट्न सहज भयो । चाहेको समयमा तुरुन्तै भेट हुने भयो,’ शाहले भने, ‘अर्को, बालुवाटार र सिंहदरबारमा नेता कार्यकर्ताको भिडभाड घट्ने भयो । प्रधानमन्त्रीसहित मन्त्रीलाई काम गर्न सहज बनाउँछ ।’

कार्यतालिका बनाएमा प्रभावकारी काम गर्न सहज हुनका साथै एउटा प्रणालीको विकास गरी थिति बसाल्न खोजिएको उनको भनाइ छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाले बालुवाटारमै पार्टी बैठक भेला, छलफल राखेको भन्दै आलोचना भएको थियो । ती आलोचनालाई मध्यनजर गर्दै प्रधानमन्त्री प्रचण्डले कार्यातालिका नै बनाएर पार्टी कार्यालयदेखि सिंहदबारसम्म भेटघाट गर्ने तयारी गरेका छन् ।

TOP