Trending
युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित युएस खबर संवाददाताधनुषाधाम–१ को अध्यक्षमा माओवादीका केवट विजयी युएस खबर संवाददाताडालसमा तिन नेपाली संस्थाको रक्तदान कार्यक्रम, एकैदिन ११० जनाले गरे रक्तदान युएस खबर संवाददातातेघरी ब्यारेक कैलालीमा सेनाले शुरू गर्यो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम युएस खबर संवाददातानेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा सिफारिस युएस खबर संवाददाताडालसमा आज कबवेभको लाईभ कन्सर्ट

राष्ट्रपतिले दिए विभिन्न व्यक्तिलाई विभूषण (तस्बिरहरू)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई विभूषण प्रदान गरेका छन्। असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषणमध्ये नेपाल रत्न, राष्ट्र गौरब, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनासेवाश्री प्राप्त गरेकाहरूलाई आज शितल निवासमा विभूषित गरिएको हो।

शुक्रबार शितल निवासमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए।

निर्वाचन आयोगका आयुक्तहरू, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, कलाकार राजेश हमाल र दीपकराज गिरीलगायतलाई राष्ट्रपतिले विभूषण प्रदान गरेका छन्। राष्ट्रपतिबाट ९ सय ८२ जनालाई विभूषण प्रदान भएको हो।

तस्बिरहरू:

TOP