युवा वर्गको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा देखिएका विकाश उप्रेतीलाई व्यापक साथ र समर्थन
गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा उपाध्यक्ष पदका उमेद्वार विकाश उप्रेती पछिल्लो समय निर्वाचन लक्षित कार्यक्रमहरुमा ब्यस्त रहँदै आएका छन् । टेक्ससलाई कर्मथलो बनाएर सामाजिक क्रियाशिलताको बलियो छवि बनाएका उप्रेती युवा ढुकढुकीका रुपमा उदाएका ति अभियन्ता हुन् जो अमेरिकामा रहेका युवा तथा नयाँ पुस्ताको प्रतिनिधी उमेद्वारका रुपमा यस पटक चुनावी मैदानमा उत्रिएका छन् ।
केही बर्ष पहिले अन्य नेपाली युवा झैं सपनाको सहर अमेरिका भित्रिएका उप्रेतीले जुन समस्या र चुनौती यहाँका समुदायले भोगिरहेका छन् त्यसको अनुभव आफुले पनि गरेकाले पनि उनिबाट एनसीसीको जिम्मेवारीमा रहेरै यावत समस्यामाथी संबोधन हुन सक्ने अपेक्षा धेरैको छ ।
बर्तमान एनसीसी अमेरिकाका दक्षिण क्षेत्रिय संयोजक पदको जिम्मेबारीमा रहेर काम गरिरहेका उप्रेती सफल युवा व्यवसायि पनि हुन् । सामाजिक र ब्यवसायिक पृष्ठभूमीका कारण उप्रेती अमेरिका र बिषेषत टेक्सस क्षेत्रमा सबैको नजरमा परेका सफल र जुजारु युवा हुन् । मिलनसार र पारदर्शी नेतृत्व क्षमता भएका कारण उप्रेतीको यस पटकको एनसीसी उपाध्यक्ष पदको उमेद्वारीलाई चासोका रुपमा हेरिएको छ ।
आज सम्म धेरै ब्यक्ती ब्यक्तीगत पहिचानका लागि मात्र संस्थामा जाने संस्कारले समेत संस्थाले सोचे अनुरुप काम गर्न नसकेको जन गुनासोले जन्माएको शसक्त उमेद्वार हुन् विकास उप्रेती जसले एनआरएनए अभियानमा आवद्धताका लागि यहाँका प्रकृया पुगेका नेपाली समेत असन्तुष्ट देखिनु भित्रको कारण खोजेर सबैलाई उत्साह पूर्वक संस्थामा समेट्नु पर्ने आवश्यकतालाई ध्यानमा राखी सबैको सुझावको आधारमा एनसीसी उपाध्यक्ष पदमा उमेद्वारी दर्ता गरेका थिए ।
हार जित भन्दा पनि स्वयं आफ्नो सामाजिक सेवाको स्तर मापनका रुपमा यस निर्वाचनलाई हेर्न उमेद्वारलाई आग्रह समेत गर्दै आएका उप्रेतीले आफैं पनि निर्वाचनमा पराजित भएका खण्डमा समेत अभियानबाट अलग हुन नसक्ने बताएका छन् । यसले उनि पदिय मोहले नभई समस्याको सारथीका रुपमा आउन चाहेको स्पष्ट छ ।