Trending
युएस खबर संवाददाताअमेरिकी राजदूत थम्पसनले दिए परराष्ट्रमन्त्री राणालाई बधाई युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित

विधान अधिवेशनको सम्पन्न गर्न जसपाद्वारा कार्यदल गठन : बारा २ मा सत्ता गठबन्धनको साझा उम्मेदवारमा दाबी गर्ने

काठमाडौँ। जनता समाजवादी पार्टी जसपाले, त्यस्तै जसपाले उपनिर्वाचनमा बारा २ मा सत्ता गठबन्धन कै तर्फबाट आफ्नो पार्टीले साझा उम्मेदवार पाउनु पर्ने दाबी गरेको छ । बुधवार पार्टी कार्यालय बालकुमारीमा बसेको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठकपछि प्रवक्ता मनिष सुमनले, उप निर्वाचनका लागि आवश्यक गृहकार्य थाले पनि उम्मेदवार भने खडा नगरेको बताए ।

उनले भने ‘ पार्टीको विधान अनुसार क्षेत्रीय समिति, जिल्ला समिति, मधेश प्रदेश समितिले उम्मेदवार टुङ्गो लगाएपछि हामीले टिकटमा हस्ताक्षर गर्ने मात्रहो, जसपाले कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवार निश्चय गरिसकेको छैन । ’ बैठकले, अधिवेशन व्यवस्थित गर्न रकम चेम्जोङ , विजय यादव मनिष सुमन तीनजनाको कार्यदल समेत बनाएको छ । बैठकपछि प्रवक्ता सुमनले भने ‘यही चैत्र २७,२८ र २९ गते तीनदिनका लागि काठमाडौँमा नै विधान अधिवेशनका लागि के कसरी प्रतिनिधित्व गर्ने र अधिवेशन व्यवस्थित गर्न रकम चेम्जोङ, विजययादव र म मनिष सुमन तीनजनाको कार्यदल बनाइएको छ ।’

TOP