लुम्बिनी सेवा समाज अमेरिकाको वार्षिक साधारण सभा सफलतापूर्वक टेक्ससमा सम्पन्न
लुम्बिनी सेवा समाज अमेरिकाको दोस्रो वार्षिक साधारण सभा टेक्ससमा सम्पन्न भएको छ । सेप्टेम्बर ११ आईतबारका दिन टेक्ससको अरभिड.स्थित करि लिफ रेष्टुरेन्टमा समाजको दोस्रो साधारण सभा सफलतापूर्वक सम्पन्न भएको हो ।
युलेस सिटीका काउन्सिल मेम्बर आदरणीय टिका पौडेल ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत, मनोरंजनात्मक, आर्थिक प्रतिवेदन लगायतका कार्यक्रम सहित सम्पन्न भएको हो ।
लुम्बिनी सेवा समाज अमेरिकाका अध्यक्ष जगदिश प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बन्द सत्र अन्तरगत समाजका महासचिव युधिष्ठिर नेपालको वार्षिक प्रतिवेदन तथा सह कोषाध्यक्ष सरिता शर्माको आर्थिक प्रतिवेदनलाई सदस्यहरूद्वारा सर्वसम्मत पास गरिएको थियो ।
समाजका संयोजक तथा समाजका कोषाध्यक्ष टंक अधिकारीद्वारा स्वागत मन्तव्य प्रस्तुत गरिएको कार्यक्रमका समाजका आजीवन सदस्य मिना अधिकारी, कार्यसमिति सदस्य राधिका खराल, आजीवन सदस्य समाजसेवी मोहन ज्ञवाली, प्रमुख अतिथि टिका पौडेल लगायतले समाजले गरेका कामको प्रशंसा गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए ।
नृत्य लगायतका मनोरंजनात्मक कार्यक्रम सहित सम्पन्न साधारण सभाको संचालन समाजका सचिव शिव प्रसाद गैरे द्वारा गरिएको थियो ।
यस बिषयमा समाजका अध्यक्ष न्यौपानेले वक्तव्य जारी गर्दै कार्यक्रम लाई सफल बनाउन सहयोग पुर्याउने समाजका सदस्यहरू तथा कार्यसमिति पदाधिकारीहरु, साधारण सभा व्यवस्थापन समिति सदस्यहरु, सल्लाहकारहरू, नृत्य प्रस्तुत गरी कार्यक्रमलाई आकर्षक नृत्य प्रस्तुत गर्ने कालाकारहरू साथै प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग पुयाएका सम्पूर्ण सुभेच्छुकहरू प्रति आभार एवं कृतज्ञता व्यक्त गरेका छन् ।