लोकगायक लामाको निधन शंकास्पद: प्रहरीले अनुसन्धान अगाडि बढायो
वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । कलाकार लामाको आज बिहाहन भक्तपुरस्थित कौशलटारमा निधन भएको परिवारजनले जानकारी दिएको छ ।
उनी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–२ धार्पाका स्थायी बासिन्दा हुन् । पाँच दशकअघि गायन यात्रा सुरू गरेका लामा ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक हुन् ।
प्रहरीले लामाको मृत्यु शंकास्पद भएकाले अनुसन्धान अगाडि बढाएको छ । गएराति ९ बजे मिटिङ भन्दै बौद्ध गएका लामा बा ३ च ७७४१ नंम्बरको कारमा फर्किएका थिए । तर, खुट्टा कारमा र शरीर घोप्टो परि टाउको भुइँमा जोतिएको अवस्थामा भेटिएको परिवारका सदस्यले बताएका प्रहरीले जनाएको छ ।
उनको टाउकोमा चोट लागेको भनिए पनि निधन हुनुको कारण खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजु पाण्डे जनाएका छन् ।