Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

कुबेतलाई नेपालको बलियो लक्ष्य

एसिसी प्रिमियर कप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा नेपालले कुबेतलाई बलियो लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ४२ ओभरमा ९ विकेट गुमाउँदै २८१ रन बनाएको हो । बर्षाको कारण ५० ओभरको खेलमा ४२ ओभरमा छोट्याइएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९४ रनको योगदान गरे । उनले ९५ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । उनी शतक प्रहार गर्ने क्रममा क्याच आउट भए । अर्का युवा ब्याटर कुशल मल्लले विस्फोटक ब्याटिङ गरे । उनले ४४ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५७ रन जोडे ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट सुरुवात गरेका थिए । उनीहरुले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरे । भुर्तेलले ४३ र शेखले ३१ रन बनाएर आउट भए । भीम सार्की भने १ रनमै आउट भए ।

यस्तै, आरिफ शेखले १९ रन, सन्दीप लामिछानेले ५ रन, सोमपाल कामीले १३ रन, करन केसीले ८ रन र ललित राजवंशीले २ रन जोडे । दीपेन्द्रसिंह ऐरी भने शून्यमै आउट भए ।

कुबेतका लागि मोहम्मद असलम र अदनान इद्रिसले समान तीनरतीन विकेट लिए । सैयद मोनिब र यासिन पटेलको नाममा एकरएक विकेट रह्यो ।

TOP