Trending
युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट युएस खबर संवाददाताकाभा महिला च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग पहिलो खेल खेल्दै युएस खबर संवाददातावर्षाले राष्ट्रिय सभागृह जलमग्न युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण युएस खबर संवाददाताकाठमाण्डौ महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढायो युएस खबर संवाददाताओमानको समुद्रमा तेल ट्यांकर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

सङ्घीय निजामती ऐन सरकारकाे प्राथमिकतामा : मन्त्री शर्मा

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सङ्घीय निजामती सेवा ऐन छिट्टै संसदमा पेस गर्ने तयारीमा रहेको बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०६७/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्याङ्कन प्रतिवेदन २०७९ माथिको छलफलमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री शर्माले यस्ताे बताउनुभएकाे हाे । उहाँले सरकारले पनि याे ऐनलाई अत्यन्तै प्राथमिकतामा राखेर अघि बढाएको र अहिले त्यो कानुन मन्त्रालयमा छलफलको अन्तिम चरणको रहेको जानकारी गराउनुभयो ।

मन्त्री शर्माले कर्मचारीहरूको सरुवालाई व्यवस्थित बनाउने गरी सङ्घीय निजामती ऐनमा आवश्यक व्यवस्था मिलाउन पनि सांसदहरूलाई आग्रह गर्नुभयो । उहाँले कर्मचारीको सरुवाको विषय व्यवस्थित नभएको स्वीकार गर्दै अब बन्ने सङ्घीय निजामती सेवा ऐनले त्यसलाई व्यवस्थित बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सङ्घीय निजामती सेवा ऐन सरकारवालाहरूसँग छलफल भएर अहिले कानुन मन्त्रालयमा छलफलका लागि पुगेको छ । यो ऐन सरकारको पनि अत्यन्तै ठूलो प्राथमिकताको विषय हो र सरकारले अत्यन्तै प्राथमिकतामा राखेर अन्तिम चरणमा पुर्‍याएकाे छ । हामी छिटो भन्दा छिटो यो ऐनलाई संसदमा प्रस्तुत गर्ने तयारीमा छौँ ।’

मन्त्री शर्माले कर्मचारीहरूको समय तोकेर सरुवाको मापदण्ड बनाउन सके उनीहरू छिटो–छिटो सरुवा हुने समस्या समाधान हुने दाबी पनि गर्नुभयाे ।

TOP