Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

‘वर्ल्ड ह्याप्पिनेस’ रिपोर्ट: भारत भन्दा नेपाल ५१ गुणा बढी खुसी राष्ट्र

काठमाडौं, ५ चैत: विश्व रेकर्ड अनुसार नेपाल यो बर्ष खुसी देश मध्यको ८५ औँ स्थानमा रहेको छ । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट–२०२२ अनुसार फिनल्यान्ड सर्वाधिक खुसी देश र नेपाल स्थानमा पर्न सफल भएको हो ।

गत बर्ष विश्वको सबैभन्दा खुसी देशको पहिलो सूचीमा रहेको फिनल्यान्डले यस बर्ष पनि रेकर्डलाई यथावत् कायम राख्न सफल भएको हो । यो सहित फिनल्यान्ड लगातार पाँचौँ पटक खुसी देशको पहिलो नम्बरमा पर्न सफल भएको छ ।

प्रतिव्यक्ति आम्दानी, वास्तविक जीडीपी, स्वस्थ औसत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचार लगायतलाई सूचक मानेर संकलन गरिने यस रेकर्डमा १ सय ४६ देशलाई समेटिएको छ ।

रेकर्डको सुची अनुसार दोस्रो खुसी हुने देश डेनमार्क र तेस्रो आइसल्यान्ड रहेका छन् ।

सुचिका आधारमा चीन नेपाल भन्दा १२ औं स्थान माथी अर्थात ७२ औं स्थानमा रहेको छ भने भारत १ सय ३६ औं स्थानमा रहेको छ । यसरी हेर्दा भारत भन्दा नेपाल ५१  गुणा बढी खुसी हुने देशका रुपमा देखिएको छ ।

सार्वजनिक सुचि अनुसार अफगानिस्तान सबै भन्दा थोरै खुसी हुने देशका रुपमा देखिएको छ भने अफगान पनि क्रमशः लेबनान, जिम्वाबे, रुवान्डा र बोत्स्वाना अन्तिम ३ देशका रुपमा रहेका छन् ।

TOP