बंगलादेशमा सयौं यात्रु सवार डुङ्गा दुर्घटना: ४० को मृत्यु – मृतकको संख्या बढ्ने अनुमान
बाङ्ग्लादेशमा सयौं यात्रु लिएर सवार डुङ्गा दुर्घटना हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ भने १ सय भन्दा बढि यात्रु घाईते भएका छन् । ५०० जना यात्रु सवास सो डुङ्गा सुगन्धा नदीमा पुगेपछि आगलागी भएको थियो ।
सुगन्धा नदी झालोकोटीमा आगलागी भएको सो डुङ्गा ३ तले भएकाले पनि यात्रुहरु धेरै रहेका थिए । आगलागी भएको डुङ्गामा दर्जनौँ शव फेला परेको विविसीले उल्लेख गरेको छ ।
ढाकाबाट बर्गुनाका लागि हिँडेको एमभी अभियान नामक डुङ्गा रातीको समयमा दुर्घटना भएका कारण पनि यात्रुको उद्धारमा कठिनाई भएको थियो ।
नदीमा चल्दै गरेको डुङ्गामा आगो लाग्न थालेपछि कैयौँ यात्रीले नदीमा हाम फालेका थिए । पानीमा हाम फालेकाहरु पनि डुवेर मरेका छन् भने बेपत्ता रहेकाहरु र गम्भिर घाईतेहरुको अवस्था हेर्दा मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । (एजेन्सी)