भागवण्डा प्रथाको अन्त्य गरेर स्वतन्त्र र निष्पक्ष निर्वाचनबाट आईसीसी Delegates छान्न तिलक केसीको आह्वान
भागवण्डा प्रथाको अन्त्य गरेर स्वतन्त्र र निष्पक्ष निर्वाचनबाट आईसीसी Delegates छान्न तिलक केसीको आह्वान
गैर आवासिय नेपाली संघ एनआरएनएका सक्रिय अभियन्ता तिलक केसीले एनआरएनएलाई संस्थागत र बिधिले चल्ने र चलाउने संस्था बनाउन पुन ध्यानाकर्षण गराएका छन् । केसीले आज वक्तब्य जारी गर्दै बृहत र विसुद्ध सामाजिक छवि बोकेको संस्थालाई ब्यक्तीगत र गुटबन्दी फाईदाको लागि गलत प्रयोग गर्न नहुने भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका हुन् ।
संस्थाको गरिमा उचो बनाउने सबैको प्रतिवद्धता रहेको र हुनु पर्ने तर्क सहित केसीले कुनै गुट, उपगुट र व्यक्तीको फाईदा वा बेफाईदालाई मध्य नजर राखेर बनाउने र बन्ने कुनै पनि निती, नियम र प्रकृयाको बिरुद्धमा हामी सबैले जोडदार रुपले आवाज उठाउन जरुरी रहेको स्पष्ट पारेका छन् ।
केसीले भनेका छन् ‘धी बिधानलाई मिचेर अन्तराष्टिय समन्वय परिषद् (आईसीसी) Delegates बनाउन थालेपछि NRNA IES को ध्यान आकर्षण गर्न थुप्रै पटक चालेको कदमहरु सर्व बिदीतै छ ।
अन्तत २५ प्रतिशतको खुल्ला प्रतिस्पर्धात्मक चुनाव प्रकृयाबाट Delegates छान्ने वा सहमतीबाट Delegates छान्ने भन्ने IES को निर्णय भएकाले भागवण्डाबाट Delegates छान्ने भन्ने तर्क वितर्कहरु बजारमा आउन थालेकाले सम्पूर्ण एनआरएन दाजुभाई दिदी बहिनीहरुलाई भागवण्डाको कुप्रथालाई अन्त्य गरेर स्वतन्त्र र निष्पक्ष निर्वाचनबाट आईसीसी Delegates छान्ने तर्फ अगाडी बढ्नु हुन हार्दिक अपिल गर्दछु । साथै ६५ प्रतिशतको कोटा अन्तरगत बाँकी रहेका Delegates पनि बिधी र बिधान सम्मत चुनावी प्रकृयाबाट छनौट गर्नु हुन संवद्ध सबै पक्षलाई आह्वान गर्दछु ।
केसीद्वारा जारी वक्तव्यको पूर्ण पाठ
सम्पूर्ण अमेरिकाबासी एनआरएन दाजुभाई दिदीबहिनीहरु
गैर आवासिय नेपाली संघ एनआरएनएलाई संस्थागत र बिधिले चल्ने र चलाउने संस्था बनाउने हामी सबैको प्रतिवद्धता हो र हुनुपर्छ । कुनै गुट, उपगुट र व्यक्तीको फाईदा वा बेफाईदालाई मध्य नजर राखेर बनाउने र बन्ने कुनै पनि निती, नियम र प्रकृयाको बिरुद्धमा हामी सबैले जोडदार रुपले आवाज उठाउन जरुरी छ र उठाईरहेका छौं पनि । बिधी बिधानलाई मिचेर अन्तराष्टिय समन्वय परिषद् (आईसीसी) Delegates बनाउन थालेपछि NRNA IES को ध्यान आकर्षण गर्न थुप्रै पटक चालेको कदमहरु सर्व बिदीतै छ ।
अन्तत २५ प्रतिशतको खुल्ला प्रतिस्पर्धात्मक चुनाव प्रकृयाबाट Delegates छान्ने वा सहमतीबाट Delegates छान्ने भन्ने IES को निर्णय भएकाले भागवण्डाबाट Delegates छान्ने भन्ने तर्क वितर्कहरु बजारमा आउन थालेकाले सम्पूर्ण एनआरएन दाजुभाई दिदी बहिनीहरुलाई भागवण्डाको कुप्रथालाई अन्त्य गरेर स्वतन्त्र र निष्पक्ष निर्वाचनबाट आईसीसी Delegates छान्ने तर्फ अगाडी बढ्नु हुन हार्दिक अपिल गर्दछु । साथै ६५ प्रतिशतको कोटा अन्तरगत बाँकी रहेका Delegates पनि बिधी र बिधान सम्मत चुनावी प्रकृयाबाट छनौट गर्नु हुन संवद्ध सबै पक्षलाई आह्वान गर्दछु ।
गत न्यूयोर्कको अधिवेशनमा अविश्वासको प्रस्ताव प्रस्तुत भई विवादास्पद बन्न गएको निर्वाचन कमिटीले नभई एक स्वतन्त्र, निष्पक्ष्म र विश्वस्निय निर्वाचन कमिटीबाट मात्र निर्वाचन प्रकृया अगाडी बढाउनु हुन NRNA ICC, IES र एनसीसी अमेरिका लगायत सम्पूर्ण सम्बद्धपक्षसंग हार्दिक अपिल गर्दछु ।
तिलक केसी
अमेरिका
अगष्ट २५, २०२१