Trending
युएस खबर संवाददातास्पेनको ह्युल्भामा लगातार १२ घण्टा भारी वर्षा हुने चेतावनी युएस खबर संवाददातासगमारथा क्षेत्रमा लडेर घाइते भएका जापानी नागरिकको उद्धार युएस खबर संवाददातालक्ष्मीपूजाको दिन विद्युतको माग गत वर्षभन्दा एक सय ६४ मेगावाट बढी युएस खबर संवाददाताभक्तपुरका नेवार समुदायले भोलि नै भाइटीका लाउने युएस खबर संवाददाताइंग्ल्याण्डमाथि नेपालको ऐतिहासिक जित युएस खबर संवाददाताराति यी तीन प्रदेशमा हल्का वर्षा र हिमपात हुने सम्भावना युएस खबर संवाददातारविलाई तिहारलगत्तै बुटवल लगिने युएस खबर संवाददाताउपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने

‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’जेठ १५ गतेबाट सुरु हुने

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले जेठ १५ गतेदेखि १५ दिन लामो ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ आयोजना गर्ने भएको छ ।
आइतबार आयोजकले नेपाल कला परिषद्, बबरमहलमा जेठ १५ देखि ३० गतेसम्म ‘म ,मेरो देश र मेरो सिर्जना’ थिममा प्रदर्शनी आयोजना हुने जानकारी दिएको हो ।

प्रर्दशनीका लागि लोककला तथा परम्परागत चित्रकला विधाका कलाकृतिहरु,आधुनिक चित्रकला, वास्तु तथा अन्य सिर्जनात्मक कला, हस्तकला, परम्परागत मूर्तिकला, आधुनिक मूर्तिकला विधाका लगायतका कलाकृतिहरु नेपाल कला परिषद् तथा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानमा राखिने बताईएको छ ।

यो वर्ष प्रतिष्ठानमा दर्ता भएका ६५२ कलाकारका ७५४ कलाकृतिमध्येबाट छनोट गरिएका ६१० कलाकारका ६९७ कलाकृति प्रर्दशनीका लागि राखिने आयोजकले बताएको छ ।
यसवर्ष एक लाख राशीको अरनिको राष्ट्रिय ललितकला सम्मान क्रमशः मदन चित्रकार र मानवहादुर दोङलाई संयुक्त रुपमा प्रदान गरिने राष्ट्रिय ललितकला प्रतिष्ठानका कार्यकारी संयोजक लालकाजी लामाले बताए ।

उनले भने ‘यो वर्ष अरनिको राष्ट्रिय ललितकला सम्मान क्रमशः मदन चित्रकार र मानवहादुर दोङलाई लिने निर्णय भएको छ । त्यस्तै, राष्ट्रिय ललितकला लेखन पुरस्कार तथा राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार क्रमशः नगेन्द्रप्रसाद पौड्याल र नारायण प्रसाद ढुंगानालाई प्रदान गरिनेछ ।’
यसै वर्षदेखि प्रतिष्ठानले स्थापना गरेको कला प्रवद्र्धन सम्मान पुरस्कार संगीता थापालाई प्रदान गरिने तथा राष्ट्रिय ललितकला प्रदर्शनी २०८० को सद्भावनादूतको रुपमा अनिल चित्रकारलाई सम्मान गरिने लामाले बताए ।

यस वर्षको ललितकला प्रादेशिक पुरस्कार कोशी प्रदेशबाट सुमन राई, मधेश प्रदेशबाट श्वेता साह, बागमती प्रदेशबाट वाङ्छु मोक्तान (आरके), गण्डकी प्रदेशबाट विश्वम्भर बस्नेत, लुम्बिनी प्रदेशबाट रम्बा चौधरी, कर्णाली प्रदेशबाट सोनम लामा तथा सुदूरपश्चिम प्रदेशबाट चक्रबहादुर थापालाई प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ ।

 

TOP