Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा काठमाडौं महानगरविरुद्ध सर्वोच्चमा रिट दर्ता

सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा काठमाडौं महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएका अधिवक्ता पदमबहादुर श्रेष्ठले सिंहदरबारभित्रको फोहोर नउठाएका कारण जनस्वास्थ्यमा नकारात्मक असर परेको भन्दै फोहोर उठाउन काठमाडौं महानगरपालिकाविरुद्ध आदेश माग गर्दै रिट दायर गरेका हुन् । उक्त रिट निवेदनमाथि भोलि प्रारम्भिक सुनुवाइ हुने सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए ।

संघीय सरकारले आफूले राखेको माग पूरा नगरेको भन्दै महानगरपालिकाका मेयर बालेन शाहले फोहोर संकलन गर्ने कम्पनीलाई सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिएका छन् । मेयरको निर्देशनपछि ८ दिनदेखि सिंहदरबारभित्रको फोहोर संकलन भएको छैन ।

काठमाडौंको सुकुम्बासी बस्ती हटाउन गृह मन्त्रालय र स्थानीय प्रशासनले सहयोग नगरेको भन्दै उनले आक्रोश पोखेका थिए । महानगरपालिकाले फोहोर नउठाउने घोषणा गरेपछि सरकारले समेत उनलाई सचेत गराउने निर्णय गरेको थियो ।

 

 

TOP