Trending
युएस खबर संवाददाताकाठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी युएस खबर संवाददातारुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु युएस खबर संवाददाताट्रम्पले जेडी भेन्सलाई बनाए उपराष्ट्रपतिको उम्मेदवार युएस खबर संवाददाताकाभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ युएस खबर संवाददाताअमेरिका बस्ने बुढाथोकीको सहयोगमा क्यास एपबाट अबैध कारोबार गर्ने ५ जना पक्राउ युएस खबर संवाददाताचौंथो पटक युरोकप जितेर स्पेनले बनायो विश्व कीर्तिमान युएस खबर संवाददातानवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ युएस खबर संवाददाताकोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

गरमाथा चढ्न भन्दा कुसंस्कारसँग लड्न कठिन छः राज्यमन्त्री श्रीपालि

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालि ठकुरीले, महिलाहरूलाई सगरमाथा चढ्न भन्दा पनि समाजको कुसँस्कारसँग लड्न कठिन भएको टिप्पणी गरेकी छिन् ।

बुधबार आठ हजार मिटर वा सो भन्दा माथिका हिमाल आरोहण गरेर कीर्तिमान कायम गर्न सफल महिला आरोहीहरूलाई सम्मान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आज पनि पितृसत्तात्मक सोच हाबी भएका कारण महिलालाई सगरमाथा चढ्न भन्दा पनि समाजको संस्कारसँग लड्न गाह्रो हुने गरेको बताएकी हुन् ।

उनले भनिन् ‘गाउँमा अझै पनि महिला र पुरुषबिच भेदभाव छ त्यसैले आज हामी जुन महिलाहरूको साहसको कुरा गछौं । कीर्तिमान र साहसको कुरा गछौं त्यो सजिलै प्राप्त गरेको छैन । अझै पनि समाज पितृसत्तात्मक छ । महिलाहरूलाई सगरमाथा चढ्न बरु सजिलो भयो होला तर समाजको संस्कारसँग लड्न  गारो  हुन्छ ।’

कार्यक्रममा आठ हजार मिटर वा सो भन्दा माथिका हिमाल आरोहण गरेर कीर्तिमान कायम गर्न सफल महिला आरोहीहरूलाई सम्मान गरिएको छ ।

TOP