Trending
युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित युएस खबर संवाददाताधनुषाधाम–१ को अध्यक्षमा माओवादीका केवट विजयी युएस खबर संवाददाताडालसमा तिन नेपाली संस्थाको रक्तदान कार्यक्रम, एकैदिन ११० जनाले गरे रक्तदान युएस खबर संवाददातातेघरी ब्यारेक कैलालीमा सेनाले शुरू गर्यो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम युएस खबर संवाददातानेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा सिफारिस युएस खबर संवाददाताडालसमा आज कबवेभको लाईभ कन्सर्ट

काठमाडौंमा एकै परिवारका ५ जनाद्वारा सामूहिक आत्महत्याको प्रयास- १ को मृत्यु ४ अचेत

काठमाडौं, २४ फागुन:राजधानी काठमाडौंमा एकै परिवारका पाँच जना सदस्यले विष सेवन गरी सामूहिक आत्महत्याको प्रयास गरेका छन् ।काठमाडौंको रामकोट नगरपालिका–६ स्थित एक घरमा सामूहिक विष सेवन गर्नेमध्ये एक जनाको मृत्यु भइसकेको छ भने चार जना अचेत अवस्थामा रहेका छन् ।

अचेत अवस्थामा रहेका चार जनाको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले बताए ।

‘गएरातिको घटना हो । विष सेवन गर्ने पाँच जनामध्ये एक जनाको मृत्यु भइसकेको छ । चार जनाको मनमोहन अस्पतालमा उपचार चलिरहेको छ । सबै अचेत अवस्था हुनुहुन्छ र स्वास्थ्य अवस्था गम्भिर छ,’ प्रवक्ता राठौरले भने ।

अचेत अवस्थामा रहेकाहरुको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनले जनाए । उपचार हुनेहरुमा इन्दिरामाया प्रधान, भिम प्रधान, मन्दिरा डंगोल र सुप्रेणा प्रधान रहेका छन् ।

काठमाडौंको डल्लुमा स्थायी ठेगाना भएका उनीहरु नागार्जुन नगरपालिका–६ रामकोटमा एक जनाको घरमा डेरागरी बस्दै आएका थिए । उनीहरुको कोठाबाट विषको बट्टा र सुसाइट नोट समेत फेला परेको प्रहरीले जनाएको छ ।

सुसाइट नोटमा आर्थिक अवस्था विग्रेका कारण आत्महत्या गर्नुपरेको उल्लेख गरिएको छ ।

‘घटनाका विषयमा अनुसन्धान चलिरहेको छ । अहिले यही हो भन्न सक्ने अवस्था छैन,’ प्रवक्ता राठौरले भने ।

TOP