नाथको नेतृत्वमा सुदुरपश्चिम नेपाली समाज टेक्ससको १४ सदस्सिय नयाँ कार्यसमिती चयन
सुदुरपश्चिम नेपाली समाज टेक्ससको नयाँ कार्यसमिती अध्यक्षमा नवराज नाथ सर्वसम्मतले चयन भएका छन् । टेक्ससको अर्भिगंमा सम्पन्न समाजको साधारण सभाबाट २०२२-०२३ का लागि नाथको नेतृत्वमा १४ सदस्सिय सदस्सिय नयाँ कार्यसमिती चयन भएको हो ।
त्यस्तै सुप नेपाली समाज टेक्ससको नयाँ कार्यसमिती उपाध्यक्षमा प्रकाश भट्ट, महासचिवमा गोबिन्द शाही र कोषाध्यक्षमा खेम पनेरु र सदस्यमा भरत शाही, जनक सामन्त, अशोक शाही, गणेश जोशी, नवराज भट्ट, लता सुबेदी, सुरेन्द्र अवस्थी, महेश भट्ट, शंकर थापा र भरत बिष्ट पनि सर्बसम्मत नयाँ कार्यसमितीमा चयन भएका छन् ।
समाजकी महासचिव गुन्जन भण्डारीले संस्थागत प्रतिवेदन प्रस्तुत गरेको साधारण सभामा अध्यक्ष प्रेम शाहीले आर्थिक प्रतिबेदन सहित बिधान संसोधन प्रस्ताव पेश गरेका थिए । अमेरिकाको टेक्ससमा सन् २०१६ मा भक्त भण्डारीको नेतृत्वमा स्थापना भएको सुदुरपश्चिम नेपाली समाजले साधारण सभा कार्यक्रममा संस्थापनाकाल देखी हाल सम्म संस्थालाई सहयोग गर्ने ब्यक्ती तथा संस्था तथा संचारमाध्यमलाई सम्मान गरेको थियो ।
सुदुर पश्चिमको भाषा, संस्कृती र चाडपर्वको जानकारी तथा निरन्तरताका लागि नयाँ पुस्तामा संस्कृति हस्तान्तरणको उद्धेश्य सहित अघि बढेको समाजले हरेक बर्ष सुदुरपश्चिमको महान चाड गौरा पर्ब मनाउदै आएको समाजले हरेक बर्ष होली, माघी पर्ब, देउडा नाच लगायतका सांस्कृतीकको संरक्षण र संवद्धनका निम्ती कार्यक्रमहरु आयोजना पनि गर्दै आएको छ । त्यसका साथै समाजले शिक्षा, स्वास्थ्य खेलकुद लगायतका क्षेत्रमा पनि योगदान पुर्याउँदै आएको छ ।
जस अन्तरगत गत वर्ष अमेरिकाका सबै राज्यका खेलाडी सहभागी हुने गरि आयोजना गरेको भलिवल प्रतियोगीतामा २० राज्यका खेलाडीहरुको सहभागीता रहेको थियो भने सुदुरपश्चिम नेपाली समाजले नै सुदुर पश्चिमको डडेलधुरा जिल्लामा पहिलो पटक पिसिआर मेसिनका लागी १० हजार अमेरिकी डलर सहयोग समेत गरेको थियो ।