बेलायती राजदूत र परराष्ट्रमन्त्री साउदबिच भेटवार्ता
परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबिच भेटवार्टा भएको छ ।
बिहीवार परराष्ट्र मन्त्रालयमा राजदूत पोलिटले भेट गरी मन्त्री साउदलाई बधाई दिएकी हुन्। त्यसअवसरमा उनीहरुबीच आपसी विकास सहयोग, नेपाल र बेलायतबीच १०० वर्ष लामो सम्बन्ध एवम् जलवायु परिवर्तन र आपसी हितका अन्य क्षेत्रका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।