आज नेफ्टा अवार्डको ११ औँ संस्करण घोषणा हुदै, चर्चित सिनेकर्मीको सहभागीतामा डिजिटल घोषणा कार्यक्रम
नेपाली सिने क्षेत्रको चर्चित अवार्ड नेफ्टाको ११ औँ संस्करण आज घोषणा हुदैछ । नेपाल चलचित्र प्राबिधीक संघले आयोजना गर्दै आएको अवार्डको ११ औँ संस्करण अमेरिकामा हुने गरि घोषणा हुन लागेको छ ।
आज नेपाली समय अनुसार ९ बजे बिहान एक डिजिटल घोषणा कार्यक्रम मार्फत आयोजकले अवार्ड कार्यक्रमको गर्ने जनाएको छ । अमेरिकामा आयोजना हुने अवार्डको मिती, समय र स्थान तथा आयोजकका बिषयमा कार्यक्रम मार्फत जानकारी दिन लागिएको प्राबिधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिएका छन् ।
डिजिटल घोषणा कार्यक्रममा नेपालका चर्चित सिनेकर्मी तथा पत्रकारहरु लगायत अमेरिकाका बिभिन्न राज्यबाट बिशेष व्यक्ति तथा संस्थाको सहभागीता रहने जनाईएको छ ।